MENU

फुँयाल बने मोटरसाइकल विजेता

635x90_1

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 2521 पटक पढिएको

Share This

635-X-85

साप्ताहिक उपहार मास्केलाई

काठमाडौं : अन्नपूर्ण पोस्ट्ले संचालन गरिरहेको ‘नपर्ने त कुरै छैन’ वार्षिक ग्राहक योजनाअन्तर्गत ‘लक्की ड्र’ मा त्रिपुरेश्वर निवासी गणेश फुयाल (२३६१४ रसिद नम्बर) लाई मोटरसाइकल उपहार परेको छ।

अन्नपूर्ण पोस्ट्को केन्द्रीय कार्यालय तीनकुनेमा शुक्रबार आयोजित एक समारोहबीच लक्की ड्र मार्फत फुयाल माघ महिनाको मोटरसाइकल विजेता घोषित भएका हुन्।

माघ महिनामा बनेका बार्षिक ग्राहकको रसिद नम्बरका आधारमा लक्की ड्र गरी विजेता छानिएको थियो। नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष उद्योगपति पशुपति मुरारकाले लक्की ड्र गरी विजेता घोषणा गरेका थिए।

‘अहिलेसम्म मलाई उपहार कुनै उपहार परेको थिएन्,’ खुसी पोख्दै फुयालले सुनाए, ‘उपहार परेको सुन्दा खुसीको सीमा नै छैन ।’ १० बर्षदेखि नियमित रुपमा अन्नपूर्ण पोस्ट् पत्रिका पढ्दै आएका उनी चार बर्ष अघिबाट बार्षिक ग्राहक बन्दै आएका छन्।

त्यसैगरी साप्ताहिक लक्की ड्र मार्फत कमलविनायक निवासी एमएम मास्के (२४०९१ रसिद नम्बर) विजेता घोषित भएका छन्। पुरस्कारका लागि मुरारकाले लक्की ड्र गरेका थिए। कार्यक्रममै उनले अघिल्लो साताका साप्ताहिक उपहार विजेता आरिष्का दंगाललाई उपहार हस्तान्तर गरेका थिए। मास्केले होम एप्लाइन्सेस गिफ्ट ह्याम्परका पुरस्कार पाउनेछन् ।

‘अन्नपूर्ण पोस्ट्ले निजी क्षेत्रका गतिविधिलाई समाचारको माध्यमबाट सशत्त ढंगबाट पाठक माझ पुर्‍याइरहेको छ’, उद्योगपति मुरारकाले भने, ‘जसले गर्दा आगामी दिनमा निजी क्षेत्रसँग अन्नपूर्ण पोस्ट्को सम्बन्ध थप मजबुद हुनेछ ।’ उनले अन्नपूर्ण मिडिया नेटवर्कसँग मुरारका गु्रपको सम्बन्ध अझै प्रगाढ रहने बताए।

लक्की ड्र खोल्न आएका मुरारकालाई अन्नपूर्ण मिडिया नेटवर्कका सिइओ संजय बस्नेत, मानवस्रोत साधन विभाग प्रमुख सुदमकुमार सिजापति, वितरण विभाग प्रमुख राम भट्टराई, ब्राण्ड म्यानेजर श्याम मालीलगायतका कर्मचारीले स्वागत गरेका थिए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2