MENU

‘मधेसीलाई जातीयतावादीको आरोप लगाउनेले ऐना हेरून्’

635x90_1

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 7880 पटक पढिएको

Share This

635-X-85

काठमाडौंः तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले मधेसी दलहरुलाई जातीयतावादीको आरोप लगाउनेहरुलाई आफ्नो मुख ऐनामा हेर्न सुझाव दिएका छन्।

राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार शुभकामना दिँदै त्रिपाठीले भने,‘हामी मधेसी दलहरुलाई जातीयतावादीको आरोप लगाउँदै आइएको छ। अराष्ट्रवादी भनिएको छ। ति नेताहरुलाई चुनौती दिन चाहन्छु हामीलाई यस्तो आरोप लगाउनेहरुले पहिले एेना हेर्नुस्।’ त्रिपाठीले मधेसी जनताको देशभक्तिमाथि प्रश्न नउठाउनसमेत चेतावनी दिए।

उनले संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भनिएकोमा आपत्ति जनाए। ‘प्रदेश नम्बर ५ को सीमांकन हेरफेर हुँदा देश टुक्रिन्छ भन्ने भ्रम फैलाइएको छ,‘उनले भने,‘ २ नम्बर प्रदेश किन बताएको त? के कश्मीर बनाउन? कि त्यहाँ मधेसी जनता छैनन्?’

त्रिपाठीले संविधान संशोधन नभए मधेसको समस्या सम्बोधन हुन नसक्ने बताए। संविधान अपुरो रहेको भन्दै उनले संविधान संशोधनमार्फत मधेसी जनताको माग सम्बोधन नभए निर्वाचन हुन नदिने बताए। उनले संविधान संशोधन नभए २०४७ सालको घटना दोहोरिन सक्ने चेतावनी पनि दिए।

उनले भने,‘२०४७ सालको घटना सबैलाई याद नै हो। संविधान संशोधन नगरी संविधानको अवसान भयो र पछि मलामी पनि भएनन्। अहिलेपनि संशोधन नभए त्यो घटना दोहोरिन्छ।’

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2