MENU

रोल्पाको भवाङमा आगलागी : दुई घर जले

635x90_1

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 17906 पटक पढिएको

Share This

635-X-85

रोल्पाः शुक्रबार दिउँसो भावाङ ३ ताङ्धारास्थित पलसिङ ओलीको घरमा आगलागी भएको छ ।

आगोले जलेर दुई घर पूर्ण रुपमा नष्ट भएका छन्। दिउँसो करिब ४ बजेदेखि लगेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्थानीय तुलसादेवी उपाध्यायले जानकारी दिइन्।

आगो स्थानीय बुद्विमान ओलीको घरबाट सुरु भएको थियो । उपाध्यायका स्थानीयको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको छ।

प्रहरी नायब निरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार आगलागी स्थलतर्फ प्रहरी गइरहेको जानकारी दिए । आगलागीको क्षतिबारे थप विवरण भने आउन बाँकी छ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2