MENU

स्नातक पास गर्न हिमाल चढ्नै पर्ने

635x90_1

छेटु शेर्पा शुक्रवार, फागुन ६, २०७३ 9388 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : स्नातक तहको पर्वतीय पर्यटन सम्बन्धी विषय अध्ययान गर्दा अनिवार्य हिमाल आरोहण गर्नेुपर्ने भएको छ। बेच्लर अफ माउण्टेनेरिङ स्टडिस (बिएमसी) अध्ययान पूरा गर्नका लागि छ हजार र सात हजार मिटरको हिमाल (पीक) आरोहण गर्नुपर्ने व्यवस्था गरेको हो।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले यसै बर्षदेखि अध्ययन सुरु गर्ने स्तानक तहको कक्षामा यस्तो व्यवस्था राखिएको छ ।

पर्वतीय पर्यटन सम्बन्धी अन्तराष्ट्रिय स्तरको शैक्षिक कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालयले २०७३ माघ २५ गते सम्बन्धन स्वीकृत गरेको थियो। यो बिषयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७१ मंसिर २१ गते त्रिभुवन विश्वविद्यालयमा बेचलर अफ माउण्टेनेरिङ स्टडिस (बिएमसी) स्नातक तहको कार्यक्रम सञ्चालनको सम्बन्धन गर्न पत्रचार गरेको थियो।

पाठ्यक्रम चार वर्षे आठ सेमिस्टार प्रणाली रहेको बिषयमा प्रत्येक सेमेष्टरमा प्रयोगात्मक विषयलाई समावेश गरिएको छ। फाउण्डेशन कोर्ष, मेनेजमेन्ट कोर कोर्ष, माउन्टेनियरिङ्ग एण्ड टुरिजम कोर कोर्ष, इलेक्टिभ र शोधपत्र (थेसिस) विषयवस्तुलाई वर्गीकरण गरिएको छ।

प्रयोगात्मक अध्ययानका क्रममा विद्यार्थीले सातौं र आठौं सेमेष्टरमा छ हजार र सात हजार मिटरको हिमाल (पिक) आरोहण गर्नु पर्नेछ। प्रतिष्ठानले सैद्धान्तिक विषयहरुको अध्यापन काठमाडौंमा र प्राक्टिकल विषय मध्ये केही पर्वतीय प्रशिक्षण केन्द्र, गार्मा, सोलुखुम्बु र विभिन्न हिमालमा अध्यापन गराउने भएको प्रतिष्ठानका कार्यकारी निर्देशक लाक्पाफूटी शेर्पाले बताइन् ।

विश्वमै पहिलोपल्ट पर्वतीय पर्यटनको प्रयोगात्मक सहितको शैक्षिक कार्यक्रम नेपालबाट सुरु भएको उनले दाबी गरिन्। शैक्षिक गन्तव्यका रुपमा समेत अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन यो बिषयले भूमिका खेल्ने छ।

प्रतिष्ठानले स्नातकोत्तर तहको मास्र्टस अफ एडभान्चर टुरिजम स्टडीज (एमएटीएस) त्रिभुवन विश्वविद्यालयमा पेश गरी सकेकाले आगामी बर्षदेखि पढाइ सुरु गर्ने लक्ष्य राखेको छ। पर्यटनविद् प्रा.डा. रमेशराज कुँवरको संयोजकत्वमा पाठ्यक्रम निर्माण गरिएको हो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2