MENU

कृत्रिम खुट्टा नेपालमै निःशुल्क

635x90

नवीन अर्याल शनिवार, फागुन २८, २०७३ 15812 पटक पढिएको

Share This

जयपुर फुटसँग चाधरी ग्रुपको सहकार्य

काठमाडौः विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृत्रिम खुट्टा उत्पादन गरी निःशुल्क वितरण गर्ने भएको छ । चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान् महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृत्रिम खुट्टा उपलब्ध गराउने भएको हो ।

कृत्रिम खुट्टाको उत्पादन र न्यूनतम शुल्कमा विश्व बजारमा सेवा पुर्‍याएर अन्तर्राष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृत्रिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी भएको छ ।

चौधरी ग्रुपद्वारा स्थापित शाश्वतधाम उद्घाटन समारोहमा मंगलबार ग्रुपका अध्यक्ष विनोद चौधरी र जयपुर फुटका संस्थापक डा. डीआर मेहताले सयौं नागरिकलाई साक्षी राखेर समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । कल्याणकारी कामका लागि मेहतालाई भारत सरकारले सन् २००८ मा पद्मभूषण र सन् २०१२ मा राजीव गान्धी नेसनल सद्भावना अवार्डबाट सम्मानित गरेको थियो ।

‘कुनै कारणवश खुट्टा गुमाउनेको पीडा वास्तवमा अकल्पनीय हुन्छ । उनीहरूलाई कृत्रिम खुट्टा उपलब्ध गराएर पीडामा मलम लगाइदिने हाम्रो प्रयास हो', चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘हामीले आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका पीडितलाई प्राथमिकता दिनेछौं ।'

समझदारीअनुसार जयपुर फुटले बर्सेनि तीन सयवटा कृत्रिम खुट्टाका लागि आवश्यक पर्ने सामग्री चौधरी फाउन्डेसनलाई उपलब्ध गराउनेछ । यसरी प्राप्त भएका सामग्रीबाट फाउन्डेसनले नेपालमै कृत्रिम खुट्टा तयार गरी निःशुल्क वितरण गर्नेछ । यसका लागि नवलपरासीमा उत्पादन केन्द्र खोलिने भएको छ । उत्पादन केन्द्र, प्राविधिक जनशक्ति एवं अन्य सञ्चालन खर्च चौधरी फाउन्डेसनले गर्नेछ ।

चौधरी ग्रुपका जनरल म्यानेजर मधुसूदन पौडेलले यो परियोजनामार्फत चौधरी फाउन्डेसनको दायरा थप फराकिलो बनेको र मानव कल्याणका लागि संवेदनशील क्षेत्रमा योगदान पुर्‍याउन लागिएको बताए । ‘हाम्रो प्रयासले नेपालमा खुट्टाको अभाव भोगिरहेका व्यक्तिमा नया“ ऊर्जा प्राप्त हुने विश्वास लिएका छौं', मेहताले भने, ‘समाजसेवामा महत्ववपूर्ण योगदान पुर्‍याइरहेको चौधरी फाउन्डेसनजस्तो प्रतिष्ठित संस्थास“ग सहकार्य गर्न पाउँदा म उत्साहित छु ।' जयपुर फुटले मनिला, करा“ची, इस्लामाबाद, कोलम्बो, अफगानिस्तान, मौरिससलगायत स्थानबाट आफ्नो सेवा पुर्‍याइरहेको छ ।

विश्वविख्यात अमेरिकी टाइम म्यागेजिनले जयपुर फुटले न्यूनतम शुल्कमा उच्चतम सेवा पुर्‍याएको र कृत्रिम खुट्टा उत्पादन गर्ने अमेरिकी कम्पनीको तुलनामा निकै प्रभावकारी सेवा दिइरहेको टिप्पणी प्रकाशित गरेको थियो ।

अहिले नेपालमा उपलब्ध कृत्रिम खुट्टालाई २० हजार रुपैया“देखि एक लाख रुपैया“सम्म पर्छ । आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका पीडित यो पहलबाट लाभान्वित हुनेछन् । नेपालमा दुर्घटना वा अन्य कारणले खुट्टा गुमाउने पीडित धेरै छन् । कृत्रिम खुट्टा किन्न नसकेर धेरै पीडित घरमै खुम्चिएर बस्नुपरेको छ । चौधरी फाउन्डेसनले निःशुल्क कृत्रिम खुट्टा उपलब्ध गराउन थालेपछि सबैको पहुँचमा पुग्ने ग्रुपका जनरल म्यानेजर पौडेल बताउँछन् ।

चौधरी फाउन्डेसनले कृत्रिम खुट्टा उत्पादनका लागि प्रक्रिया सुरु गरिसकेको बताएको छ । चौधरी ग्राममा निर्माण हुने कृत्रिम खुट्टाको फ्याक्ट्रीमा प्राविधिक सहयोग जयपुर फुटको हुनेछ भने सम्पूर्ण लगानी चौधरी फाउन्डेसनको । पछिल्लो समय चौधरी ग्रुप सामाजिक क्षेत्रमा सक्रिय रूपमा लागेको देखिन्छ । भूकम्पपीडितलाई घर बनाइदिनेदेखि दर्जनौं सामाजिक कार्यमा ग्रुपको योगदान छ ।

चौधरी फाउन्डेसनले भारतको जयपुर फुटसँगको संयुक्त पहलमा कृत्रिम खुट्टा उपलब्ध गराउन लागेको हो ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1