MENU

'राम्री केटी देखेपछि माया गर्छुुुु भनिहाल्छन्'

patan-college

अन्नपूर्ण शुक्रवार, चैत ४, २०७३ 13577 पटक पढिएको

Share This

635-x-85

अभिनयमा भविष्य खोजिरहेकी मोडेल रेखा लिम्बूले चलचित्र तारेभिरबाट नायिकाका रूपमा डेब्युुुु गरेकी छन् । पूर्वको सुुुुन्दर नगरी धरान निवासी २१ वर्षीया उनी ५ फिट ४ इन्च अग्ली छन् । एक दर्जनभन्दा बढी म्युुुुजिक भिडियोमा मोडलिङ गरेकी उनी बीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन् । भविष्यमा सफल व्यवसायी बन्ने लक्ष्य लिएकी उनी मोफसलमा रहेर अहिले कला कर्मलाई अगाडि बढाइरहेकी छन् । मिस लिम्बू २०१२ सहभागी भई बेस्ट स्किन उपाधि पाएकी रेखासँग रत्नप्रसाद आचार्यले गरेको कुुुुराकानी:

-आफूलाई मोडल कि नायिका भन्न मन लाग्छ ?

सुुुुरुमा मोडलिङ क्षेत्रमा लागेकाले धेरैले मोडेलका रूपमा चिन्छ । अहिले चलचित्र तारेभिरमार्फत अभिनयमा लागेकाले नायिका पनि भन्न थालेका छन्।

-चलचित्रमा अभिनय गर्दाको अनुुुुभव?

म्युुुुजिक भिडियो र चलचित्रमा धेरै फरक लाग्यो। चलचित्रमा भूमिकाअनुुुुसार भावनामा डुुुुबेर अभिनय गर्नुुुुपर्छ। यसमा धेरै समय लाग्छ। मेहनत पनि त्यत्तिकै हुुुुन्छ।

-अभिनयलाई अगाडि बढाउने सोच?

चलचित्र तारेभिरपछि अन्य नेपाली चलचित्रबाट पनि प्रस्ताव आइरहेका छन् । विवादरहित चलचित्रबाट अवसर आएमा काम गर्छुुुु । चलचित्रमा अभिनयसँगै पेसागत मर्यादालाई ख्याल गर्दै अनुुुुशासित भएर सफल नायिकाको रूपमा अगाडि बढ्ने सोच छ ।

-मोडलिङ र अभिनय क्षेत्रमा लाग्ने सोच कसरी आयो?

धरान फेसनेवल हर भएकाले बेलाबेलामा हुुुुने फेसन शोमा भाग लिएँ। काठमाडौंमा भएको मिस लिम्बू २०१२ मा सहभागी भएँ। मोडलिङमा क्रियाशील भएकै बेला तारेभिरमा अवसर मिल्यो । दर्शकको मायाले अभिनय क्षेत्रमा लाग्न थप हौसला मिलेको छ।

-समाजमा आफ्नो पहिचान कस्तो होस्जस्तो लाग्छ?

असल नारीको परिचय बनाएर समाजमा आफूलाई चिनाउने कोसिस गर्नेछुुुु। मोडलिङबाट चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै अब असल नायिकाको छवि बनाउने मेरो चाहना छ ।

-चलचित्रमा सजिलै प्रवेश पाउनुुुुभयो, कस्तो लाग्छ ?

मैले मोडलिङ गरेका म्युुुुजिक भिडियो देखेपछि निर्देशक प्रताप सुुुुब्बाले चलचित्र तारेभिरका लागि प्रस्ताव गर्नुुुुभयो । मेरो लागि त्यो अवसर थियो । यसमा गीतकार दिदी मीना सिंघकको पनि योगदान छ।

-धरानमा बसेर अभिनय यात्रा अगाडि बढाउन सकिएला?

कतिपय कुुुुरा सोचेजस्तो नहुुुुन सक्छ तापनि मोफसलमा बसेर पनि धेरै कुुुुरा गर्न सकिन्छ। तापनि अब काठमाडौंमा बसेर केही गर्ने सोच बनाएकी छुुुु ।

-मोडलिङ क्षेत्रबाट प्राप्त उपलब्धि?

मोडलिङ क्षेत्रबाटै मैले आफ्नो पहिचान बनाएकी हुुुुँ । चलचित्रमा अभिनय गर्ने अवसर यसैको प्रतिफल हो । म खुुुुसी र सन्तुुुुष्ट छुुुु । यसलाई उपलब्धि नै मान्छुुुु ।

-कला क्षेत्रमा लाग्न परिवारको साथ?

सुुुुरुमा त आमाबुुुुवाले त्यति मन पराउनुुुु भएन । तर मेरो चाहनाका कारण उहाँहरूलाई कन्भिस गरेपछि अहिले साथ सहयोग मिलेको छ । तर बेलाबेला सचेत गराइरहनुुुुहुुुुन्छ । उहाँहरूकै सुुुुझावअनुुुुसार काम गर्दैछुुुु ।

-तपाईंको बुुुुझाइमा चलचित्र के हो?

चलचित्र त मनोरञ्जन र सन्देश प्रवाहको माध्यम हो । जसमा मानव जीवनमा घटेका घटनालाई अभिनयको माध्यमबाट प्रस्तुुुुत गरियो भने सुुुुनमा सुुुुगन्ध हुुुुन्छ ।

-आफूलाई ग्ल्यामरस देखाउन के गर्नुुुुहुुुुन्छ?

मेकअपमा ध्यान दिन्छुुुु । समयअनुुुुसारका फेसनेबल कपडा लगाउँछुुुु । शरीरलाई म्यान्टेन राख्न खानपानमा ध्यान दिन्छुुुु । नारीलाई मेकअप र ड्रेसअपको विशेष अर्थ रहन्छ । अंग प्रदर्शन गर्नुुुुपर्छ भन्ने मान्यतामा चाहिँ म छैन् ।

-अंग प्रदर्शनलाई लिएर नायिकाहरू चर्चामा आउँछन् नि?

त्यो आआफ्नो सोच हो । ग्ल्यामरस हुुुुन अंग प्रदर्शन गर्नुुुु पर्दैन । आफू विवादमा आउनुुुुभन्दा समाजलाई पच्न सक्ने पहिरन लगाउनुुुु राम्रो हो ।

-माया गर्छुुुु भनेर केटाहरू कत्तिको आउँछन्?

राम्री केटी देखेपछि केटाहरूले माया गर्छुुुु त भनिहाल्छ । फेसबुुुुकको म्यासेन्जर र मोबाइलमा एसएममार्फत धेरैले प्रेम प्रस्ताव राख्ने गरेका छन् । त्यस्ता प्रस्तावलाई म सामान्य रूपमा लिन्छुुुु ।

-कसैसँग प्रेम सम्बध?

अहिले मायाप्रेमभन्दा पनि करियर बनाउन लागि परेको छुुुु । म त बुुुुवा आमाले खोजेको केटासँगै विवाह गर्ने सोचमा छुुुु ।

-जीवनसाथी कस्तो होस् जस्तो लाग्छ?

मलाई बुुुुझ्ने हुुुुनुुुुपर्छ । जाड, रक्सी, चुुुुरोट खैनी नखाने, पढेलेखेको, आफ्नो जिम्मेवारी बुुुुझने, इमानदार अनि मलाई धेरै माया गर्ने होस् भन्ने मेरो चाहना हो।

-जीवनको लक्ष्य?

एक असल र सफल नारी भएर समाजमा स्थापित हुुुुन चाहन्छुुुु । त्यसैगरी भविष्यमा महिला मुुुुक्तिको लागि आवाज उठाउँदै समाजलाई थप योगदान गर्ने सोच छ ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2