MENU

दुई सय ३१ नेपाली विदेशी जेलमा

patan-college

उत्तम काप्री सोमवार, चैत ७, २०७३ 2629 पटक पढिएको

Share This

635-x-85

१९ जनालाई मृत्युदण्ड

काठमाडौंः वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या, लागूपदार्थ, सडक दुर्घटनालगायत मुद्दामा २ सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् ।

प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार साउदीमा ७६, कुवेतमा ६१, कतारमा ५०, यूएईमा १९, मलेसियामा १३, बहराइनमा ६, ओमानमा ३, कोरियामा २ र इजरायलमा १ जना गरी २ सय ३१ जना नेपाली जेलमा छन् । कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्से जेल सजाय काटिरहेका छन् भने सातजनाको मुद्दा अदालती प्रक्रियामा छ । कुवेत जेलमा रहेका नेपालीको पुनरावेदन र फैसला हुन बाँकी मुद्दाका लागि वकिलको दस्तुर मात्रै दुई करोडभन्दा बढी लाग्ने जानकारी उनले दिए ।

यसैगरी साउदी अरबको जेलमा रहेका ७६ जनामध्ये एकजनासँग ब्लडमनी लिन सहमति भए पनि रकम भने तोकिएको छैन । मलेसियाको जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एकजनालाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाई भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ ।

कुवेतमा ५, साउदीमा ३, मलेसियामा १० र यूएईमा १ जनालाई मृत्युदण्डको फैसला भइसकेको छ ।

कतारको जेलमा रहेका ५० जनामध्ये तीनजनालाई जन्मकैद, ४७ जनालाई एक महिनादेखि २० वर्षसम्मको जेल सजाय तोकिएको छ । दुबईको जेलमा रहेका १९ जनामध्ये एकजनालाई मृत्युदण्ड, दुईजनालाई जन्मकैद, चारजनाका लागि ब्लडमनी र अन्य थप तीनजनालाई मृत्युदण्ड हुनसक्ने अवस्था रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसरी जेलमा रहेकामध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने थप १४ जनालाई पनि मृत्युदण्डको सजाय हुनसक्ने कार्यालयको भनाइ छ । कुवेतमा ५, साउदीमा ३, मलेसियामा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ।

त्यसमा पनि साउदीमा मृत्युदण्डको सजाय हुनसक्ने अवस्थामा रहेका ६ जनालाई हत्या र २ जनालाई सडक दुर्घटनाको अभियोग लागेको छ । साउदीको जेलमा रहेका अन्य १५ जनामाथि हत्या अभियोग छ । त्यसमा पनि पाँचजना त पाँच नेपालीलाई नै मारेको अभियोगमा जेलजीवन बिताइरहेका छन् ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2