MENU

माल्दिभ्सका लागि भलिबल टोलीको विदाइ

635x90

अन्नपूर्ण सोमवार, चैत ७, २०७३ 1320 पटक पढिएको

Share This

काठमाडौं : माल्दिभ्सको मालेमा बुधबारदेखि सुरु हुने सिनियर एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय भलिबल टोलीको आइतबार बिदाइ गरिएको छ । च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससहित तुर्कमेनिस्तान र किर्गिस्तानको सामना गर्नेछ । सेटर इम रानामगरको कप्तानीमा रहेको नेपाली टोलीमा मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा र दिल सुनार ओपन स्पाइकर छन् ।

यसैगरी क्विक स्पाइकरमा महेन्द्र श्रेष्ठ, भैरव बम र हरि अधिकारी रहेका छन् । साइड स्पाइकरमा नरेन्द्र गिरी, राजकुमार निरौला छन् भने सेटरमा दुर्गाप्रसाद महतो र लिबेरोमा ईश्वर थापामगर छन् । टोलीका चारजना नयाँ खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्दैछन् । डेब्यु गर्ने खेलाडीमा ओपन स्पाइकर दिल सुनार, क्विक स्पाइकर हरि अधिकारी, सेटर दुर्गाप्रसाद महतो र साइड स्पाइकर राजकुमार निरौला छन् । सुनार, अधिकारी र महतो त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । निरौला भने एपीएफ क्लबमा आबद्ध छन् ।

नेपाली टोलीको प्रशिक्षकमा वीरेन्द्र चौधरी तथा सहायक प्रशिक्षकमा जगदीश भट्ट छन् । नेपाली टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघका सचिव डम्बरबहादुर नेपालीले सम्हाल्नेछन् । टोलीसँगै अन्तर्राष्ट्रिय रेफ्री क्यान्टिडेट चन्द्रा वदना राई पनि माल्दिभ्स प्रस्थान गर्नेछिन् । नेपालले पहिलो खेल मार्च २३ मा तुर्कमेनिस्तानसँग खेल्नेछ । दोस्रो खेल मार्च २४ मा आयोजक माल्दिभ्स र मार्च २७ मा किर्गिस्तानसँग खेल्नेछ ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा समूहको शीर्ष टोली च्याम्पियन बन्नेछ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष यमबहादुर गुरुङ र महासचिव जितेन्द्रबहादुर चन्द लगायतले बिदाइ गरे । नेपाली टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1