MENU

एभरडाइमको वितरकमा एफजी इन्कर्पोरेटेड

635x90

सोमवार, चैत ७, २०७३ 129 पटक पढिएको

Share This

काठमाडौं : एभरडाइमको नेपालका लागि आधिकारिक वितरकका रूपमा एफजी इन्कर्पोरेटेड प्रालि नियुक्त भएको छ । डेउ हेभी इन्डस्ट्रिज कोरियाको भगिनी कम्पनीको रूपमा स्थापित एभरडाइमको रकब्रेकर तथा एट्याचमेन्ट, फायर फाइटिङ भेइकल, टावरक्रेन, बुमपम्प, ह्यामरड्रिलजस्ता उत्पादन विश्वका ८० भन्दा बढी मुलुकमा बिक्री हुँदै आएको छ ।

नेपालमासमेत एभरडाइमका रकब्रेकर अत्यन्तै रुचाइनेमा पर्छ । विभिन्न खानी, सिमेन्ट कारखाना तथा निर्माण कम्पनीमा ७५ थानभन्दा बढीको संख्यामा एभरडाइम रकब्रेकर नेपालमा चलिरहेको छ । उक्त रकबे्रकरको बढ्दो मागलाई मध्यनजर गर्दे एफजी इन्कर्पोरेटेड प्रालिले नेपालको अधिकृत वितरकको रूपमा काम सुरु गरेको हो ।

विभिन्न निर्माण उपकरणको बिक्रीवितरणमा स्थापित तथा अनुभवी फोर्स ग्रुपअन्तर्गतको एफजीले एभरडाइमको बजार विस्तार तथा बिक्रीपछिका सेवा उपलब्ध गराउनेछ । एभरडाइमका रकब्रेकर दक्षिण कोरियामा मात्रै निर्मित हुने हुँदा यसको गुणस्तर अन्य रकब्रेकरकोभन्दा उच्चकोटीको, मजबुत र बढी कार्य क्षमतायुक्त हुने कम्पनीको दावी छ ।

प्रतिप्रर्धात्मक मूल्यमा नै उपलब्ध रहने रकब्रेकर देशब्यापी रूपमा फोर्स सञ्जालद्वारा बिक्री तथा बिक्रीपछिका सेवा उपलब्ध गराउने भएकाले विस्वस्त भएर यसका उत्पादन प्रयोग गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1