MENU

अर्घाखाँची उद्योग वाणिज्य संघको साधारणसभा

patan-college

सोमवार, चैत ७, २०७३ 314 पटक पढिएको

Share This

635-x-85

सन्धिखर्क : अर्घाखाँची उद्योग वाणिज्य संघको छैठौं वार्षिक साभारणसभा सन्धिखर्कमा सम्पन्न भएको छ । 'दिगो आर्थिक विकासका लागि समृद्ध निजी क्षेत्र' भन्ने मुल नाराका साथ सुरु भएको साधारणसभाको उद्घाटन उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय अध्यक्ष चण्डिराज ढकालले गरेका थिए ।

लामो समयदेखि स्थानीय निर्वाचन हुन नसकेका कारण मुलुक १९ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन बन्न पुगको र २०७४ वैशाख ३१ गते निर्वाचनको मिति घोषणा भइसकेको हुदा समयमै निर्वाचन गराउन जिम्मेवार राजनीतिक दल र दलका शीर्षनेतालाई साभारणसभामार्फत आग्रह गरिएको छ ।

महेन्द्र राजमार्गसँग सदरमुकाम जोडेको गोरुसिंङे-सन्धिखर्क मोटरबाटो अत्यन्त साँघुरो, धेरै माड, र केही ठाउँमा कच्ची सडक भएकाले स्तरोन्नति गरी दुई लेनको पक्की सडक बनाउन आग्रह गरिएको छ ।सन्धिखर्कको चुत्राबेसी बजारदेखि दुई किमिको दुरीमा रहेको धरम्पानी सिखरवारने डाँडामा प्रस्तावित अर्घा भगवती विमानस्थल शिलान्यास भए पनि काम अगाडि बढ्न नसकेकाले विमानस्थल निर्माण कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँचीलाई लुम्बिनी सर्किटको अवधारणा लागू गरी लुम्बिनीको पहिचान, प्रवद्र्धन गर्न नवलपरासीदेखि सुनवल, लुम्बिनी, रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, तिलौराकोट, तौलिहवा, जोडने रिङरोड कोरीडोर मोटरबाटोको निर्माण हुन सकेमा लुम्बिनीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पहाडी जिल्लासमेत घुम्न आउने अर्घाखाँची उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2