MENU

कलर्सका मोबाइल खरिदमा छुट

patan-college

सोमवार, चैत ७, २०७३ 446 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : कलर्स मोबाइलले आफ्ना चल्तीका केही मोडेलको नयाँ खरिद मूल्य निर्धारण गरेको छ । अग्रणी मोबाइल ब्रान्ड कलर्सले सामान्य मोबाइल चलाइरहेका प्रयोगकर्तालाई स्मार्टफोनमा परिवर्तन गर्ने लक्ष्यका साथ प्राइड सिरिजका पी ८५, पी ५० र पी ३२ का प्राइड मोबाइलको मूल्यमा भारी छुट दिएको हो ।

उपयुक्त मूल्यको आफ्नो बजेट सुहाउँदो मोबाइल किन्न चाहनेका लागि यो एक सुवर्ण अवसर भएको कम्पनीले जनाएको छ । कम्पनीले मूल्यमा छुट प्रदान गर्ने क्रममा पहिले ११ हजार चार सय ९५ रुपैयाँ पर्ने पी ८५ अब मात्र नौ हजार नौ सय ९५ रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

त्यस्तै सात हजार चार सय ९५ रुपैयाँ पर्ने पी ५० को नयाँ मूल्य ६ हजार ६ सय ९५ रुपैयाँ पर्नेछ भने ६ हजार चार सय १० रुपैयाँ पर्ने पी ३२ मोबाइल अब पाँच हजार चार सय ९५ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । स्मार्टफोन चलाउन इच्छुक जो कोहीका लागि यो अफर अत्यन्त उत्साहवद्र्धक रहेको कम्पनीको विश्वास छ । कम्पनीको पी ८५ मा फिंगर प्रिन्ट सेन्सर प्रयोग गरिएको छ । जसले तत्काल बन्द गर्न, खोल्न, तत्काल डायल गर्न, एप र म्यासेज बन्द गर्न, खोल्न मद्दत गर्नेछ । यसैगरी यसमा १६ जीबी रोम र एक जीबी र्याम, पछाडि आठ मेगापिक्सल र अगाडि पाँच मेगापिक्सल क्यामरा रहेको छ ।

यस्तै पी ५० को विशेषतामा पाँच इन्चको एफडब्लूभीजीए आईपीएस स्क्रिन, १.३ गेगाहर्ज क्वाडकोर प्रोसेसर, २२०० एमएएच ली-आयोन ब्याट्री रहेको छ । एन्ड्रोइड ६.० मार्समलो अपरेटिङ सिस्टम रहेको पी ३२ मा १.३ गेगाहर्ज क्वाडकोर प्रोसेसर र आठ जीबी रोम र एक जीबी र्याम रहेको कम्पनीले जनाएको छ । 'हामी हरेक नेपाली परिवारसँग एउटा स्मार्टफोन होस् भन्ने चाहान्छौं’, कलर्स मोबाइलका सीईओ सञ्जय अग्रवालले भने, 'यो भारी छुट अफरले साधारण मोबाइल प्रयोग गर्ने नेपालीलाई स्मार्टफोनमा प्रवेश गर्ने मौका दिनेछ ।’ टेलिटक प्रालिले नेपालमा कलर्स मोबाइलको बजारीकरण गर्दै आएको छ ।

कलर्स ब्रान्डले मोबाइलको प्रतिस्पर्धामा आफूलाई निकै अब्बल सावित गर्दै नेपालकै सबैभन्दा चलनचल्तीको मोबाइलका रूपमा स्थापित गरिसकेको छ । नेपालमा झन्डै २७ लाख ग्राहकले कलर्स मोबाइल चलाउने गरेका छन् जुन मोबाइल बिक्रीका हिसाबले सबैभन्दा उच्च रहेको कम्पनीको दावी छ ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2