MENU

निर्वाचन आयोग अगाडि राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप (फोटोफिचर)

patan-college

अन्नपूर्ण सोमवार, चैत ७, २०७३ 90379 पटक पढिएको

Share This

635-x-85

काठमाडौंः निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका कार्यकर्ताले प्रहरीले बनाएको सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

 

rpp-gherau-2

सुरक्षा घेरा तोडेर अघि बढ्न खोजेपछि प्रदर्शनकारीमाथि प्रहरीले सुरुमा लाठी चार्ज गरेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि नै ढुंगामुडा गर्न सुरु गरेपछि प्रहरीले स्थितिमा नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको हो।  राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले आफूहरुमाथि प्रहरीले धरपकड गरेको आरोप लगाए। उनले आफूहरु पूर्वनिर्धारित कार्यक्रम अनुसार नै शान्तिबाटिकाबाट जुलुससहित निर्वाचन आयोगको कार्यालय अगाडि धर्नामा बस्न पुगेकाले बताए।

rpp-gherau-3

विधानबाट ‘हिन्दु राष्ट्र र राजसंस्था’सम्बन्धी वाक्यांश हटाएको विरोधमा राप्रपाका नेता तथा कार्यकर्ता निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका हुन्। घेराउका लागि राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबरा, वुद्धिमान तामाङलगायतका नेताहरु जुलुससहित पुगेका थिए।

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2