MENU

प्रहरीसँगको झडपमा राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर घाइते

patan-college

अन्नपूर्ण सोमवार, चैत ७, २०७३ 23731 पटक पढिएको

Share This

635-x-85

काठमाडौंः राप्रपाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा परी राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर जबरा घाइते भएका छन्।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार निर्वाचन आयोगको कार्यालय घेराउको नेतृत्व गरिरहेका पूर्वअध्यक्ष जबरा प्रहरीको लाठी लागेर घाइते भएका छन्। जबराको खुट्टामा चोट लागेको श्रेष्ठले बताए।

निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका नेता तथा कार्यकर्ताले प्रहरीको सुरक्षा घेरा तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको थियो। सुरक्षा घेरा तोडेर अघि बढ्न खोजेपछि प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि केहीबेर स्थिति तनावग्रस्त बनेको थियो। विधानबाट ‘हिन्दु राष्ट्र र राजसंस्था’सम्बन्धी वाक्यांश हटाएको विरोधमा राप्रपाका नेता तथा कार्यकर्ता निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका हुन्। घेराउका लागि राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबरा, वुद्धिमान तामाङलगायतका नेताहरु जुलुससहित पुगेका थिए।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2