MENU

पशुपति शम्शेरले भने,'बहादुर भवनअघि पोखिएको रगतले हिन्दु राष्ट्र बनाउन शक्ति दिएको छ'

635x90_1

अन्नपूर्ण सोमवार, चैत ७, २०७३ 52991 पटक पढिएको

Share This

635-X-85

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले बहादुर भवन अगाडि पोखिएको राष्ट्रवादी कार्यकर्ताको थोपा थोपा रगतले नेपाललाई हिन्दु राष्ट्र बनाउन शक्ति प्रदान गरेको बताएका छन्।

सोमबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोग घेराउपछि अायोजित कार्यक्रमलाई सम्बोधन गर्दै जबराले भने,‘निर्वाचन आयोगकै अगाडि प्रहरीसँगको झडपमा राष्ट्रवादी कार्यकर्ताले रगत बगाएका छन्। यो रगतले हिन्दु राष्ट्र बनाउन अझै धेरै शक्ति प्रदान गरेको छ।’

राप्रपाका पूर्व अध्यक्षसमेत रहेका जबराले कुनै पनि हालतमा हिन्दु राष्ट्र स्थापना गरेरै छोड्ने दाबी गरे। उनले भने,‘यो हाम्रो आन्दोलन सुरुवात मात्रै हो। कुनै पनि हालतमा हामीले हिन्दु राष्ट्र स्थापना गरेरै छोड्छौं। कसैले रोक्न सक्दैन।’ उनले नेपालमा हिन्दु राष्ट्र स्थापना गर्न आफूहरु अन्तिम बलिदान दिन तयार रहेको समेत बताए।

जबराले आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रहरीको क्रियाकलापको घोर भत्सना एवं निन्दा गरे।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2