MENU

कर्मचारी सरुवा रोक्न सरकारसँग एमालेको माग

patan-college

अन्‍नपूर्ण सोमवार, चैत ७, २०७३ 2204 पटक पढिएको

Share This

635-x-85

काठमाडौ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आचारसंहिता विपरीतका कार्यहरु तत्काल रोक्न सरकारसँग माग गरेको छ । एमाले स्थायी समितिको सोमबार काठमाडौमा बसेको बैठकले निर्वाचन आचारसंहिता विपरीत बजेटहरुको विनियोजन गर्ने,पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा,बढुवा तथा पदस्थापन गर्ने जस्ता कार्यप्रति आपत्ति जनाउँदै एमालले त्यस्ता कार्य तत्काल रोक्न माग गरेको हो ।
आचारसंहिता विपरित सरकारले गरेका क्रियाकलापको कडाईका साथ अनुगमन गर्न एमालेले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले आचारसंहिता जारी गरी लागू गरिसकेको छ ।
निर्वाचनको सुनिश्चिता गर्न सरकारसँग माग गर्दै एमालेले निर्वाचनका सम्पूर्ण कार्यहरुलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ ।
संविधान कार्यान्वयन,तिनै तहको निर्वाचनको सुनिश्चिता गर्दै लोकतान्त्रिक स्थायित्व मार्फत मुलुकको समृद्धिका दिशामा अघि बढन सबै राजनीतिक शक्तिहरलाई एमालेले आब्हान गरेको छ ।
पछिल्ला राजनीतिक घटनाक्रमका बिषयमा नौ राजनीतिक दलका वीचमा छलफल गरी एकीकृत धारणा बनाउने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2