MENU

असिनाले सेताम्मे बन्यो भेडेटार बजार (फोटोफिचर)

635x90

हरिबहादुर लम्जेल सोमवार, चैत ७, २०७३ 50160 पटक पढिएको

Share This

धनकुटा: सोबार दिउँसो पानीसँगै परेको असिनाले पर्यटकीय स्थल भेडेटार बजार हिउँ झैं सेताम्मे बनाएको छ। करिब डेढ घण्टासम्म परेको असिनाले बजार, रोड, त्यहाँ रहेका होटलको छानाहरु हिउँ झैं सेताम्मे बनाएको होटल भेडेटार भ्यूको सञ्चालिका पद्‌मीनी राईले बताइन्।

उनका अनुसार करीब साढे १ बजेदेखि असिना पर्न सुरु भएको थियो।आधा घण्टासम्म परेको असिना एक फिटसम्म थुप्रिएको उनले बताइन्। भेडेटारमा हिउँ पर्‍यो भन्‍ने हल्ला फैलिएपछि धरान, इटहरी र विराटनगर, धनकुटा सदरमुकाम देखि आएका युवायुवतीहरुको भीड बाक्लो देखिएको होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले बताए।

उनले भने, 'हिउँ पर्‍यो भन्दै आएका युवायुवतीहरु दिनभरी असिनामा रमाए।करिव नौ वर्ष अघि पनि भेडेटारमा यति धेरै असिना परेको थियो त्यो बेला पनि धेरै पर्यटकहरु हिउँ परेको भन्दै भेडेटार आएका थिए। '

असिनापानी परेपछि भेडाटारमा अत्याधिक चिसो बढेको छ। भेडेटार आसपासका डाँडाहरु असिनाले सेतै देखिएको छ। सडकमा असिना थुप्रिएका कारण केही बेर सडक अबरुद्ध समेत भएको थियो। असिना खेल्न आएका आन्तरिक पर्यटकहरुले भेडेटारका होटलहरु खचाखच भरिएका छन् ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1