MENU

बिहारमा दलाइ लामालाई बोलाएपछि चीन र भारतको सम्बन्ध चिसियो

patan-college

एजेन्सी सोमवार, चैत ७, २०७३ 22301 पटक पढिएको

Share This

635-x-85

एजेन्सी: तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्तराष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ। भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको एक बौद्धिष्ट सेमिनार उद्‌घाटन गर्न बोलाएकोमा चीनले आपत्ति जनाएको हो।

पीटीआइले चाइना टुडेको हवला दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङछिङले संवाददाता सँग भनेकी छिन्, 'चीनको विरुद्धमा उभिने दलाला लामालाई भारतले बौद्धिष्ट सेमिनारमा बोलाएर सम्‍मान दिएको छ। यसमा चीन विरोध र तीव्र असन्तुष्ट व्यक्त गर्दछ।'

उनले भनेकी छिन्, ' तिब्बत र यससँग सम्बन्धित प्रश्‍नप्रति प्रतिवद्धता जनाउँदै भारतमा चीन विरोधी गतिविधिलाई रोक्‍न आग्रह गर्दछु। भारत र चीनको सम्बन्धलाई थप कमजोर नबनाउन आग्रह गर्दछु।'

धर्मगुरु लामाले बिहारको नालन्दा जिल्लाको राजगीरमा १७ मार्चमा राजधानी बौद्ध धर्मबाट एउटा अन्तराष्ट्रिय बौद्ध गोष्ठीको उद्‌घाटन गरेका थिए। राजधानी पटनादेखि करीब सय किलोमिटरको दूरीमा रहेको छ।

विभिन्‍न देशका बौद्ध भिक्षु तथा विद्वानले '२१ औ शताब्दीमा बौद्ध धर्म' नामक सेमिनारमा छलफल गरेका थिए। यही महिनाको सुरुमा चीनले भारतको अरुणाचल प्रदेशमा आउन दलाइ लामालाई अनुमति दिने बारेमा विरोध गरेको थियो।

यता, विदेश मन्त्रालयका अर्का प्रवक्ता गेङ सुआङले दलाइ लामालाई विवादित क्षेत्रमा चीनले कडा विरोध गर्ने बताएका छन्। उनले भनेका छन्, 'चीन-भारत सीमा विवादित पूर्वी क्षेत्रमा चीनको बलियो दाबेदारी छ। तर दलाइ लामा यसलाई अलग भनेर लामो समयदेखि अराजक गतिविधिमा संलग्‍न छन्। सीमाबारे उनले खराब अभिव्‍यक्ति दिँदै आएका छन्।'

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2