MENU

अमेरिकी उपराष्ट्रपति इन्डोनेसियामा

635x90_1

रासस बिहीबार, बैशाख ७, २०७४ 2663 पटक पढिएको

Share This

635-X-85

जाकार्ता: अमेरिकी उपराष्ट्रपति माइक पेन्स आफ्नो १० दिने एसियाली मुलुकहरु भ्रमणको क्रममा आज इन्डोनेसिया आईपुग्नु भएको छ।

उहाँले इन्डोनेसियाली राष्ट्रपति तथा देशका उच्चस्तरीय नेता तथा राष्ट्रिय अधिकारीहरुसँग बैठक र छलफल गर्नु हुनेछ । अमेरिका तथा इन्डोनेसियाबीच केही अघिदेखि उत्पन्न ब्यापारिक तथा बाणिज्यगत बिबाद सुल्झाउने पनि द्विपक्षीय छलफलको एउटा एजेन्डा रहने बताइएको छ।

केही अघि इन्डोनेसियामा सम्पन्न गभर्नरस्तरीय आम निर्वाचनमा आफ्ना कट्टर समर्थक जाकार्ताका गभर्नरको हार भएपछि बिचलित भई राष्ट्रपति जोको जोकोवी विडोडो गम्भीर राजनीतिक चिन्तामा फस्नु भएको जनाइएको छ। यस्तै परिस्थितिबीच अमेरिकी उपराष्ट्रपति पेन्स इन्डोनेसिया भ्रमणमा आइपुग्नु भएको हो । उहाँको इन्डोनेसिया बसाई दुई दिनको हुनेछ।

इन्डोनेसियाले अमेरिकाप्रति देखाउँदै आएको कूटनैतिक ब्यबहार र रबैयाबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने सन्तुष्ट हुनुहुन्न। उहाँले इन्डोनेसियालाई ब्यापारिक प्रहार सूचि (ट्रेड हिट लिस्ट) मा राख्नु भएको छ।

कुरा यहाँनेर अल्झिएको छ कि इन्डोनेसियाली सरकारसँग बिबाद र खरखिचोलाका बीच इन्डोनेसियाको पापुआ प्रान्तमा एउटा ठूलो अमेरिकी कम्पनीले बिश्वको सबभन्दा ठूलो तामा खानी उत्खनन र सन्चालन गरिरहेको छ।

यद्यपि, उपराष्ट्रपति पेन्सको इन्डोनेसिया भ्रमण र छलफलले अमेरिका तथा इन्डोनेसियाबीच कायम रहँदै आएको ब्यापारिक तथा बाणिज्यगत बिबाद र तिक्तता सुल्झिने अपेक्षा गरिएको जनाइएको छ। रासस/एपी

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2