MENU

धनगढी प्रिमियर लिग : उपाधिका लागि टिम चौराहा र विराटनगर भिड्ने

635x90_1

शब्द/तस्बिर : रजेन्द्र केसी बिहीबार, बैशाख ७, २०७४ 3324 पटक पढिएको

Share This

635-X-85

धनगढी : पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। चौराहाले उपाधिका लागि शनिबार शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंगसँग खेल्नेछ।बिहीबार भएको दोस्रो क्वालिफायरमा टिम चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराएको छ।

समूह चरणका पाँच टिममध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटका अंक तालिकाको आधार चौथो स्थानमा रहँदै अघिल्लो चरण पुगेको हो।

समूह चरणको अन्तिम खेलमा रुपन्देही र टिम चौराहा नै भिडेका थिए। प्ले अफमा स्थान बनाउन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य टिम चौराहाले १४ ओभरमा भेट्टाउनु पर्ने थियो। पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पुरा गर्दै टिम चौराहा अघिल्लो चरण प्रवेश गरेको हो।

बिहीबारको खेलमा पारस चम्किएपछि रुपेन्देहीलाई पन्छाउँदै चौराहा फाइनलमा पुगेको हो। सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा चौराहाले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५.२ ओभरमा सबै विकेट गुमाएर ८० रन मात्र बनाएको थियो।

खेलमा रुपन्देहीका ब्याट्सम्यानले ठूलो साझेदारी नै गर्न सकेनन्। पहिलो विकेटका लागि हरिशंकर शाह र शंकर रानाले बनाएको १४ रनको साझेदारी मै चित्त बुझाउनुपर्ने भयो।

उसका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले समान १४-१४ रन बनाए भने पुष्प थापाले १३ रन जोडे। यसअघि टस जितेर ब्याटिङ गरेको टिम चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो।

यो डीपीएलकै दोस्रो उच्च स्कोर हो भने टिम चौराहाको सबैभन्दा ठूलो स्कोर हो। डीपीएलको ठूलो स्कोर भने काठमाडौं गोल्डेन्सले विराटनगर किंगसविरुद्ध १७३ रन बनाएको थियो।

टिम चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे। ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्का प्रहार गरे। राजु रिजालले २५ रन बनाए भने सौरभ खनाल २४ रनमा अविजित रहे। अमर रौतेलाले १६ रन जोडे।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2