MENU

निगमको साझेदार बन्न लुफ्थान्सा तयार

635x90_1

उत्तम काप्री शुक्रवार, बैशाख ८, २०७४ 7540 पटक पढिएको

Share This

635-X-85

काठमाडौः नेपाल वायु सेवा निगमको रणनीतिक साझेदार बन्न जर्मनीको लुफ्थान्सा कन्सल्टिङ कम्पनी तयार भएको छ । देशको राष्ट्रिय झण्डा फहराउँदै विश्वका विभिन्न गन्तव्यमा उडान गर्ने निगमलाई अन्तर्राष्ट्रियस्तरको एयरलाइन्स कम्पनी बनाउने लक्ष्यका साथ थालिएको प्रक्रियामा लुफ्थान्साले साझेदार बन्न तयार रहेको बताएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमको व्यवस्थापन सुधार गर्दै विदेशी साझेदारका लागि विश्वका चर्चित एयरलाइन्स कम्पनीलाई दूतावासमार्फत फागुनको अन्तिम साता पत्राचार गरेको थियो ।

मन्त्रालयले अप्रिल १७ सम्म साझेदार बन्न चाहने वा नचाहने आशयपत्र पठाउन आग्रह गरेको थियो । आशयपत्र माग गर्दै जारी गरिएको ‘बन्द टेन्डर' मा एक मात्र कम्पनी लुफ्थान्साले साझेदारी बन्ने प्रस्ताव पेस गरेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो । मन्त्रालयले जर्मनीको लुफ्थान्सा, फ्रान्सको एयर फ्रान्स, अमेरिका, अस्ट्रेलिया र बेलायतका एयरलाइन्स कम्पनीलाई दूतावासमार्फत पत्राचार गरेको थियो । मन्त्रालयले १० वर्षसम्म एक पटक निर्णय भएको अवस्थामा साझेदारी निरन्तर रहने सक्ने गरी प्रस्ताव गरेको थियो ।

‘विश्वका विभिन्न देशका एयरलाइन्स कम्पनीका साझेदार भइ काम गरिरहेको लुफ्थान्साले नेपाल सरकारको स्वामित्वमा रहेको नेवानिमा पनि साझेदार बन्न चाहेको आशायपत्र पठाएको हो', लामिछानेले भन्नुभयो, ‘ कम्पनीको प्रस्तावलाई मन्त्रालयले समिति बनाएर अध्ययन गरेर अर्थसँग सहमति माग्दै मन्त्रिपरिषद्मा पठाउनेछ ।'

 

 

तर, लुफ्थान्साले यस अघि सन् २०१५ मा सीधै प्रधानमन्त्री कार्यालयका नेपाल वायुसेवा निगमको साझेदार बन्ने इच्छा प्रकट गर्दै प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा लुफ्थान्साले एयरबस कम्पनीका एक सय ५० सीट क्षमताका ए ३२० दुईवटा, करिब दुई सय सीट क्षमताको ए ३२१ दुईवटा र त्यो भन्दा ठूलो क्षमताका दुईवटा वाइडबडी जहाज निगममा थप गर्ने प्रस्ताव समेत गरेको थियो । प्रस्तावका विषयमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले समेत लुफ्थान्सालाई रणनीतिक साझेदार भित्र्याउन मिल्ने गरी सहमति दिएका थिए । मन्त्री अमात्य पदबाट बाहिरिएलगतै रणनीतक साझेदार भित्र्याउने विषय सुनसान भएको थियो ।

फेरि रणनीतिक साझेदार भित्र्याउने वियषयले नेपाल वायु सेवा निगमको लागि कुनै असर नगर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउनुहुन्छ । आफूले नै ६ वर्ष पहिले साझेदार ल्याउनको लागि प्रक्रिया अगाडि बढाएको तर माथिबाटै अस्वीकृत भएको उहाँको दाबी छ ।

यस्तो छ लुफ्थान्सा

लुफ्थान्सा युरोपको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी हो । यो कम्पनी सन् २०१६ मा सबैभन्दा बढी यात्रु बोक्ने एयरलाइन्स कम्पनीमा दोस्रो कम्पनी पनि हो । यो एयरलाइन्सले जर्मनीभित्रै १८ आन्तरिक उडान गरिरहेको छ भने ७८ देशको एक सय ९७ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्सले अमेरिकन, अस्ट्रेलियन, स्विस्लगायत विभिन्न देशका एक दर्जनभन्दा बढी एयरलाइन्समा साझेदार भएर काम समेत गरिरहेको छ।
विश्वको चर्चित विमान कम्पनीको स्टार अलाइन्सको पाँच सदस्यमध्ये लुफ्थान्सा पनि एक हो । लुफ्थान्सासँग मात्रै २७० वटाभन्दा बढी र ग्रुपसँग ६ सय ५६ भन्दा बढी जहाज छन् । जर्मनीको निजी कम्पनी भए पनि त्यसमा कार्यरत कामदारको समेत तीन प्रतिशत सेयर छ ।

एयर फ्रान्सको तीन वर्षे साझेदारी

यसअघि सन् १९७० मा फ्रान्सको सरकारी वायुसेवा कम्पनी एयर फ्रान्सले निगमको सम्पूर्ण व्यवस्थापन सम्हालेको थियो । तीन वर्ष व्यवस्थापन जिम्मा लिएपछि एयर फ्रान्स फिर्ता गएको थियो। एयर फ्रान्सले व्यवस्थापन सम्हालेपछि नै निगमले हाल उडान गरिरहेको दुईवटा ७५७ वोइङसहित इन्जिनियरिङ विभाग स्थापन गरेको थियो । निगमले त्यसै वखत जेट विमान खरिद गरेको थियो ।

ऋण लिन बाटो खुला


काठमाडौंः नेपाल वायु सेवा निगमले खरिद गर्न लागेको ३३०-२०० सिरिजको वाइडबडी जहाजका लागि ऋण लिन बाटो खुलेको छ ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले वायु सेवा निगमले वाइडबडी खरिद गर्दा लिने ऋणमा सरकार जमानत बसिदिने निर्णय गरेको विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले यसअघि नै सहमति दिएको सहमति पत्रसहित पर्यटन मन्त्रालयले जमानत बस्ने प्रस्ताव मंगलबार मन्त्रिपरिषद्मा पठाएको थियो ।

निगमले वाइडबडी खरिका लागि कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषसँग ऋण लिने तयारी गरेको छ । निगमले लिने २५ अर्ब ऋणमा सरकार जमानत बस्न लागेको हो । निगमले वाइडबडी खरिदका लागि अमेरिकन एएआर कर्पोरेसन कम्पनीसँग खरिद सम्झौतासमेत गरिसकेको छ । सम्झौतामा कम्पनीले सन् २०१८ को मे महिनाभित्रै वायु सेवा निगमलाई दुईवटा वाइडबडी जहाज उपलब्ध गराउने उल्लेख छ ।
निगमले अब एएआरलाई पहिलो किस्ता वापतको करिक आठ अर्ब रुपैयाँ रकम ऋण लिएर पठाउनेछ । निगमले यस अघि प्रारम्भिक सम्झौता भएसँगै पौने ११ करोड रुपैयाँ बैना दिइसकेको छ ।

निगमले ९ प्रतिशत ब्याजदरमा १५ वर्षको लागि कर्मचारी सञ्जय कोषसँग ऋण लिने तयारी गरेपनि कोषले क्याविनेटको निर्णय मागेको थियो । निगमले दुई वाइडबडी जहाज २० करोड ८० लाख १६ हजार अमेरिकी डलर अर्थात् २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गर्दैछ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर छनोट भएको थियो । निगमले खरिद गर्ने जहाज ४० देखि ६० इन्च फराकिलो १२ देखि १६ सिट विजनेस क्लास गरी दुई सय ७० सिटको हुनेछ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2