MENU

अरुण नदी थुनिएर तीन किलाेमिटर ताल बन्याे, बस्ती जोखिममा

635x90_1

अन्नपूर्ण शुक्रवार, बैशाख ८, २०७४ 78299 पटक पढिएको

Share This

635-X-85

गृहमन्त्री निधिद्वारा क्षति हुन नदिने व्यवस्था मिलाउन निर्देशन

काठमाडौंः संखुवासभाको अरुण नदी थुनिदाँ बस्ती जोखिममा परेको छ। बिहीबार दिउँसो ४ बजेतिर बरुण नदीमा पहिरो आएपछि संखुवासभाको भोटखोला गाउँपालिका अन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएको हो। अरुण नदी थुनिएर करिब तीन किलाेमिटरकाे ताल बनेकाे छ। 

पहिरोका कारण चीनसँगको नाका किमाथांका जाने बाटोसमेत बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तरतर्फको उक्त गाउँमा सुरक्षाकर्मीको टोली बिहानै पुगिसकेको छ। नदीको करिब ३ किलोमिटरसम्म जमेको पानीका कारण बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ भने बजारको सिंगो बस्ती जोखिममा छ ।

स्थानीय पत्रकार गंगा विष्टका अनुसार अरुण र बरुणको नदीको दोभानमा नदी थुनिएकाे छ। बरुण नदी आएर अरुण नदीमा आएर मिसिन्छ ।

यसैबीच, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संखुवासभाको अरुण नदीमा ठूलो ताल जमेकोले त्याहाँको पानी सावधानीपूर्वक निकासा गर्न निर्देशन दिनुभएको छ। मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन मन्त्री निधिले निर्देशन दिनु भएको हो। गृहमन्त्री निधिको निर्देशनपछि गृहमन्त्रालयका तर्फबाट प्रारम्भिक टोली हेलिकोप्टरबाट संखुवासभा जाने तयारी गरिरहेको छ।

टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयको बिपद् व्यबस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाका तीन जना प्राविधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप विभागका प्रतिनिधि लगायत हुनुहुन्छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2