MENU

सेयर निष्कासन गर्दै गर्जाङ उपत्यका हाइड्रोपावर

635x90_1

अन्नपूर्ण शुक्रवार, बैशाख ८, २०७४ 871 पटक पढिएको

Share This

635-X-85

काडमाडौं : गर्जाङ उपत्यका हाइड्रोपावरले ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । प्रतिसेयर एक सयका दरले हाइड्रोपावरले ६ करोडको साधारण सेयर निष्कासन गर्न लागेको हाइड्रोपावरका प्रवद्र्धक तथा सञ्चालक माणिकरत्न शाक्यले जानकारी दिनुभयो । कुल २० करोड पुँजी रहेको हाइड्रोपावरमा १४ करोड रुपैयाँको प्रोमोटर सेयर छ । पावर कम्पनीले उक्त पुँजीमध्ये ६ करोडको साधारण सेयर यही वैशाखभित्र निष्कासन गर्न लागेको हो । हाइड्रोपावरले दुई लाख कित्ता सेयर स्थानीयलाई दिनेछ भने बाँकी चार लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ ।

धितोपत्र बोर्डबाट सेयर निष्कासनको अनुमति आउनेवित्तिकै चार लाख कित्ता सेयर निष्कासन गर्ने शाक्यले बताउनुभयो । ‘अहिले हामी सेबोनबाट सेयर निष्कासनका लागि अनुमति लिने क्रममा छौं’, अनुमति पाउनेवित्तिकै सेयर निष्कासन हुनेछ ।

रामेछापको चुचुरे गाउँपालिकाको चाके खोलाबाट २.८३ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको शाक्यले बताउनुभयो । उहाँका अनुसार आयोजनाको निर्माण सम्पन्न भइसकेको छ । आयोजनाले यही वैशाखबाट व्यावसायिक उत्पादन सुरु गर्नेछ । प्रतिमेगावाट १७ करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको हो।

आयोजनाले अबको दुई वर्षभित्र क्यासक्याबिङमार्फत अन्य स्थानमा पावरहाउस निर्माण गरेर विद्युत् क्षमता अभिवृद्धि गर्ने योजना बनाएको छ । आयोजना आफैंले १२ किलोमिटर प्रसारणलाइन निर्माण गरी केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने काम गरिसकेको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2