MENU

नाक, मुख नै नभएको बच्चा जन्मिएपछि मान्छेहरूको भागाभाग

635x90_1

एजेन्सी शुक्रवार, बैशाख ८, २०७४ 39788 पटक पढिएको

Share This

635-X-85

एजेन्सी : हरेका गर्भवती आमाको चहाना हुन्छ, स्वस्थ र सुन्दर बच्चा जन्मियोस भन्ने तर सबै आमाका ती इच्चा पूरा हुँदैनन् । अफ्रिकी देश क्यामरुन की एक महिलाको हकमा पनि यही कुरा लागु भएको छ । उनले यस्तो बच्चा जन्माइन की जसलाई देखेर मान्छेहरु धेरै डराए ।

ती महिलाले जन्माएको उक्त बच्चाको शरीरमा आधा अंगनै थिएन । बच्चाका दुवै आँखा जोडिएका थिए । आँखा आफ्नो स्थानमा थिएनन् । निधारको बीच भागमा थिए र स्वभाविक भन्दा ठूला देखिन्थे।बच्चाको आँखा देख्दा डरलाग्ने किसिमको थियो । बच्चाको टाउको सामान्य भन्दा निकै ठूलो थियो ।

बच्चाको एउटा मात्रै कान थियो भने बच्चाको नाक र मुख नै थिएन । यस्तो डरलाग्दो बच्चा जन्मिएको खबर सुनेर मानिसहरु टाढा-टाढाबाट समेत हेर्न आएका थिए । तर सबैजसो व्यक्ति बालकको नजिक पर्न डराए । जम्मा भएका मान्छेहरुले हालसम्म त्यस्तो बच्चा कही कतै नदेखेको भन्दै बच्चालाई राक्षसको संज्ञा दिइरहेका थिए ।

अस्पतालका नर्सले पनि अस्पतालमा हालसम्म यस्तो बच्चा नजन्मिएको बताए । बच्चाको मुख र नाकका अलवा मलद्वार पनि नभएको नर्सले जानकारी गराए । जन्मिएको केही मिनेटमा नै बच्चाको मृत्यु भएको थियो । बच्चाको नाक नभएको र स्वास लिन नपाएका कारण मृत्यु भएको चिकित्सकहरु बताए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2