MENU

बार्सिलोनाको अपिल सुनुवाइ भएन, नेमारले एल क्लासिको गुमाउने

635x90_1

एजेन्सी शुक्रवार, बैशाख ८, २०७४ 26480 पटक पढिएको

Share This

635-X-85

काठमाडौंः स्पेनिस फुटबल संघले नेमारमाथि लगाइएको तीन खेलको प्रतिबन्ध फुकुवाका लागि गरेको बार्सिलोनाको अपिल अस्वीकार गरेको छ।

बार्सिलोनाले नेमारमाथि लगाइएको तीन खेलको प्रतिबन्ध फुकुवा गर्न स्पेनिस फुटबलको अपिल कमिटीमा निवेदन दिएको थियो। तर, अपिल कमिटीले बार्सिलोनाको अपिल अस्वीकार गरेपछि तीन खेलको प्रतिबन्ध लागेका नेमारले आइतबार हुने एल क्लासिको भिडन्त गुमाउने पक्का भएको छ। बार्सिलोनाले आइतबार ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडको उसकै घरेलु मैदानमा सामना गर्दैछ।

 

मालागाविरुद्ध बार्सिलोनाले २–० ले हारेको खेलमा रातो कार्ड पाएका कारण नेमारमाथि एक खेलको स्वतः प्रतिबन्ध लागेको थियो भने रेफ्रीविरुद्ध मैदानबाट बाहिरिने क्रममा व्यंग्यात्मकरुपमा ताली बजाएको आरोपमा उनीमाथि थप दुर्इ खेलको प्रतिबन्ध लागेको थियो।

लामो समयदेखि सधैं लिगको उपाधिका लागि प्रतिस्पर्धीका रुपमा रहँदै आएका यी दुई क्लबबीचको एल क्लासिको भिडन्तले यस वर्षको ला लिगाको विजेताको छिनो फानो केही खेल अघि नै लाग्नेछ। ला लिगमा अहिले रियल मड्रिड बार्सिलोनाभन्दा ३ अंकले अगाडि छ र उसले बार्सिलोनाभन्दा एक खेल कम पनि खेलेको छ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2