MENU

नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्न कार्यदल गठन

635x90_1

शुक्रवार, बैशाख ८, २०७४ 3025 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : नेपाल सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको छ। परराष्ट्रमन्त्री डा.प्रकाश शारण महतको संयोजकत्वमा गठित कार्यादलमा अर्थ, कूटनीति, श्रम, कानुन, सुरक्षालगायतका विभिन्न क्षेत्रका १६ विज्ञ सहभागी हुनुहुन्छ।

नेपालको संविधानका निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यतालाई कायम राख्दै नेपालको सर्वापरी राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीतिको दस्तावेज तयार पार्ने कार्यादेश कार्यदललाई दिइएको छ।

नेपालको परराष्ट्र नीतिका निर्धारक तत्वहरुको बदलिंदो आयामको पहिचान गर्ने, विस्तृत परराष्ट्र नीति एवम् छिमेक नीतिका लागि देशले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रुपमा अपनाउनुपर्ने प्राथमिकता तय गर्ने तथा द्विपक्षीय, उपक्षेत्रीय, क्षेत्रीय एवम् बहुपक्षीय कूटनीतिलगायत परराष्ट्र नीतिका विभिन्न आयामका क्षेत्रगत नीतिको पुनर्मूल्यांकन गर्ने कार्यादेश कार्यदललाई दिइएको छ।

विकास कूटनीतिलाई थप प्राथमिकता दिने, परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगको संस्थागत सवलीकरण गर्न उपयुक्त उपायहरु सिफारिश गर्ने लगायतको कार्यादेश समेत कार्यदलको रहेको छ।

यसैगरी आर्थिक, सामरिक, रणनीतिक र नेपालको द्विपक्षीय कूटनीतिक, सांस्कृतिक र जनस्तरको समस्याका हिसाबले महत्वपूर्ण मित्र राष्ट्रहरुसँगको सम्बन्धका प्राथमिकता र कार्ययोजनासहित देशीय रणनीतिको आवश्यकता पहिचान गर्नुपर्ने कार्यादेश मन्त्रिपरिषदले कार्यदललाई तोकेको छ।
कार्यदलमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवम् पूर्व राजदूत डा.ऋषिराज अधिकारी, पूर्वमन्त्री विद्याधर मल्लिक, पूर्व राजदूत एवम् अर्थविद् डा.शंकरप्रसाद शर्मा, अन्तर्राष्ट्रिय व्यापारविद डा.पोषराज पाण्डे, श्रम कूटनीति विज्ञ डा.गणेश गुरुङ, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, पूर्व राजदूत शम्भुराम सिम्खडा, पूर्व सचिव तथा कानुनविद मोहन बन्जाडे, अवकासप्राप्त रथी एवम् सुरक्षाविद् पवनबहादुर पाण्डे रहनुभएको छ।

सँगै कार्यदलमा सुरक्षा तथा परराष्ट्रविद् प्रा.डा.श्रीधर कुमार खत्री, सुरक्षाविद् दीपकप्रकाश भट्ट, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा.इन्द्र कुमारी अधिकारी, नेपाल विश्व सम्बन्ध परिषदका प्रतिनिधि डा.राजेन्द्रबहादुर श्रेष्ठ, परराष्ट्रविद् निश्चलनाथ पाण्डे हुनुहुन्छ। उक्त कार्यदलको सदस्य सचिवमा परराष्ट्र सचिव शंकरदाश बैरागी रहनुभएको छ। कार्यदललाई चार महिनाको अवधि दिइएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2