MENU

अब रारातालमा पनि चल्छ 'थ्रिजी' सेवा

635x90_1

जीवन सेजुवाल शुक्रवार, बैशाख ८, २०७४ 5221 पटक पढिएको

Share This

635-X-85

गमगढीः पर्यटकीय स्थल राराताल र आसपासको निकुञ्ज क्षेत्रमा नेपाल टेलिकमले द्रुतगतिको थ्रिजी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।

देशकै ठूलो पर्यटकीय स्थल रारातालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटका लागि लक्षित गरेर बिहीबारदेखि नेपाल टेलिकमले आफ्नो जिएसएम मोबाइल सेवाबाट द्रुतगतिको थ्रिजी मोबाइल सेवा सञ्चालनमा ल्याएको हो। गत वर्षदेखि रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुन थालेपनि पर्यटकहरु राराको मनोरञ्जन लिएर फर्केपनि राराको बसाइमा भने सञ्चार सेवा नहुँदा यहाँ आउने पर्यटकहरु खल्लापन महसुस गरेर फर्कने गर्दथे।

रारा नगरपािलका–१३ थार्पलेखमा रहेको टेलिकमकै टावरबाट रेडियो लिङ्कमार्फत तालको दक्षिणमा भागको निजार लेखमा रहेको टावरबाट तालको निकुञ्ज क्षेत्रभित्र र तालका छेउका होटल, सरकारी कार्यालय, नेपाली सेनाको गुल्म र रारा ताल घुम्न आउने पर्यटकलाई लक्षित गरेर जिएसएम मोबाइलबाट द्रुतगतिको इन्टरनेट सेवा सञ्चालनमा ल्याएको टेलिकम मुगु शाखाका अधिकृत कृष्ण कोइरालाले जानकारी दिनुभयाे। 

रारा घुम्न आउने पर्यटक तथा त्यस क्षेत्रमा बस्दै आएका स्थानीयहरुले आफ्ना घर परिवार, साथीभाइलाई फोन गर्नुपरे साढे दुई घण्टा हिडेर सदरमुकाम गमगढी आउनु पर्ने बाध्यता थियो।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2