MENU

मैदानमै रोनाल्डोले लिवान्डोस्कीलाई भने–रियल मड्रिडमा आऊँ

635x90_1

एजेन्सी शुक्रवार, बैशाख ८, २०७४ 53890 पटक पढिएको

Share This

635-X-85

काठमाडौंः च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलका दुवै लेगमा वार्यन म्युनिखविरुद्ध रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरे।

रोनाल्डोले दुई लेगमा वार्यनविरुद्ध एक ह्याट्रिकसँगै पाँच गोल गर्दै रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको हो। रियलविरुद्धको पहिलो लेग चोटका कारण गुमाएका लिवान्डोस्की दोस्रो लेगमा मैदान उत्रिए र एक गोल गर्न पनि सफल भए। च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको दोस्रो लेगमा पनि पराजित भएको वार्यन प्रतियोगिताबाट बाहिरियो।

खेल सकिएपछि मैदानबाट बाहिरिनु अघि रोनाल्डो र लिवान्डोस्कीबीच मैदानमै केहीबेर भलाकुसारी गरेका थिए। एक स्पेनिस मिडियाले उक्त भलाकुसारीमा रोनाल्डोले लिवान्डोस्कीलाई वार्यन छोडेर रियल मड्रिडमा आउन भनेको दाबी गरेको छ। उसो त रोनाल्डोको सूचीमा मात्रै होइन लिवान्डोस्कीलाई क्लबमा भित्र्याउन अध्यक्ष फ्लोरेन्टिनो परेज र रियलका प्रशिक्षक जिनेदिन जिदान पनि चाहन्छन्। खेलपछि कप्तान सर्जियो रामोसले पनि लिवान्डोस्कीलाई रियल मड्रिडमा आबद्ध हुन आग्रह गरेको बताइएको छ।

लिवान्डोस्कीले केहीसमय अघिमात्रै वार्यनसँग चार वर्षको सम्झौता गरेका छन्। त्योसँग सँगै उनी वुन्डेसलिगामा सवैभन्दा बढी पारिश्रमिक बुझ्ने खेलाडी बनेका छन्।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2