MENU

आयोगका कर्मचारीले जबरजस्ती गरेपछि चितवनमा मतगणना रोकियो

635x90_1

अनिल ढकाल शुक्रवार, जेठ ५, २०७४ 32820 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

चितवन : चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा निर्वाचन आयोगका कर्मचारीले जबरजस्ती गरेको आरोप लागेको छ।

एक पक्षको मात्र मतलाई पाथमिकता दिएर अर्को पक्षको मतको वेवास्था गरेको भन्दै राजनीतिक दलका प्रतिनिधिले आपत्ति जनाएपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको हो।

मतगणनामा गढबढ भएको देखिएपछि शुक्रबार बिहान मात्र केही कर्मचारीलाई गणनास्थलबाट निकालिएको थियो। वडा नम्बर ९ को मतगणनामा गढबढ भएको भन्दै राजनीतिक दलका प्रतिनिधिले आपत्ति जनाएपछि गणना स्थगित भएको हो। राजनीतिक दलका प्रतिनिधिले गढबढ भएको मतगणना पुनः गर्नुपर्ने माग गरेका छन्। आयोगका कर्मचारीले भने पुनः गणना गर्न नमानेपछि मतगणना रोकिएको हो।


अहिले निर्वाचन आयोगका प्रतिनिधिविरुद्ध कांग्रेस, माओवादी, एमालेलगायतका दलले नाराबाजी गरिराखेका छन्। नाराबाजी सुरु भएपछि मतगणना स्थगित भएको हो।

अहिलेसम्म भरतपुर महानगरको मेयरमा एमालेका देवी ज्ञवालीले १५ हजार एक सय ५५ मत ल्याउनु भएको छ भने कांग्रेस माओवादी गठबन्धनकी रेणु यादवले १४ हजार आठ सय ९ मत ल्याउनु भएको छ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1