MENU

भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपा विजयी

patan-college

ईश्वरकाजी खाइजू शुक्रवार, जेठ ५, २०७४ 20440 पटक पढिएको

Share This

635-x-85

भक्तपुर : स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति अत्यधिक मतसहित निर्वाचित हुनुभएको छ। उहाँले कूल ४४ हजार एकसय ८६ मतमा २५ हजार पाँच सय ७६ मत पाउनुभएको हो।

त्यस्तै उपमेयरमा पनि नेमकिपाका रजनी श्रेष्ठ जोशी अत्यधिक मतसहित निर्वाचित हुनुभएको छ। उहाँले २५ हजार ६ सय ८६ मत पाउनुभएको छ।

त्यस्तै नेमकिपाले भक्तपुर नपाका १० वटै वडामा वडा अध्यक्षसहित पूरै प्यानल जितेको छ। जसअनुसार नेमकिपाले भक्तपुर नपाको सम्पूर्ण पदमा जीत हात पार्दै ‘क्लिन स्विप’ गरेको हो।

भक्तपुर नपामा नेमकिपाले जीतको झण्डा गाड्दा कांग्रेस दोस्रो स्थानमा रहन पुगेको छ। उसका मेयर उम्मेदवार रामप्रसाद कासुलाले ६ हजार पाँच सय २७ मत पाउनुभयो। त्यस्तै कांग्रेसकै उपमेयर उम्मेदवार गंगालक्ष्मी अवालले ६ हजार दुई सय ३४ मत पाउनुभएको छ।

भक्तपुर नपामा नेमकिपाले मेयर र उपमेयरसँगै १० वटा वडामा अध्यक्षसहित सबै पदमा कब्जा जमाएको हो। नेमकिपाको तर्फबाट भक्तपुर नपाको १ वडामा श्यामकृष्ण खत्री, २ वडामा हरिप्रसाद वासुकला, ३ वडामा राजकृष्ण गोरा, ४ वडामा कुमार चवाल र ५ वडामा प्रेमगोपाल कर्माचार्यको प्यानल अत्यधिक मतले निर्वाचित हुनुभएको हो।

त्यस्तै भक्तपुर नपाको ६ वडामा हरिराम सुवाल, ७ वडामा उकेश कवां, ८ वडामा महेन्द्र खायमली, ९ वडामा रवीन्द्र ज्याख्व र १० वडामा लक्ष्मीप्रसाद ह्यौमिखाको प्यानलले अत्यधिक मतले जीत हात पारेको हो।

नेमकिपाले शनिबार भक्तपुरमा विजयी जुलुस निकाल्ने बताएको छ। त्यस्तै निर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण आइतबार हुने भक्तपुरका प्रमुख निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2