MENU

सानो डाक्टर

635x90

ललिता 'दोषी' आइतवार, जेठ २१, २०७४ 2592 पटक पढिएको

Share This

कथा

नन्दप्रसादले आँखाबाट झरेको आँसुलाई पुछे । लामो श्वास फेरेर मनोवाद गरे, 'हे प्रभु बूढीलाई जस्तै मलाई चाँडै लैजाऊ । म सबैको बोझ भएँ । जति धामीझाँक्री देखाउँदा पनि केही सीप लागेन । रोग जस्ताको तस्तै छ, घरखेत सिद्धिने बेला भयो । सहरका छोराबुहारीलाई मेरो केही वास्ता छैन । आपैmंलाई बन्दकी राखेर छोरा पढाएँ, उसले पनि केही गरेन । आफू मर्न लागिरहेको बेला मट्यांग्रे नाति आउँछ भन्ने सुनेको छु, किन आउने हो कुन्नि ? ' भित्र कोठामा बसेर उनी सोच्दै थिए, बाहिर आँगनबाट १० वर्षको आदेशले भने, 'हजुरबा ! म एक्लै आएँ ।'

lalitaनन्दप्रसाद सकिनसकी बाहिर निस्के । हजुरबुवाको खुट्टामा ढोग्दै आदेशले भने, 'म हजुरबुवा जत्रो पो भएछु ।'
नन्दप्रसादले नचाही नचाही हाँस्दै भने, 'भाग्यमानी भए बाबु, एक्लै आउन सक्यौ ? '
'सकेँ कि हजुरबुवा म त हिरो हुँ क्या हिरो । ड्याडीले माइक्रो बसमा चढाइदिनुभयो । सरले लोककथा लेखेर ल्याउनु भन्नुभएको थियो । हजुरबासँग दुईचारवटा लोककथा सुनौं, टिपौं भनेर आएको हुँ', नातिको कुरा सुनेर नन्दप्रसादले चुरोट तान्दै पिँढीमा बसेर भने, 'बस बाबू ! के कथा टिप्छौ । म आपैmंलाई कालले टिप्ने बेला भयो । कसैले वास्ता गर्ने होइन ।'

'हैन के भयो हजुरबालाई ? ' आदेशले भने ।
नातिका जिज्ञासा मेटाउँदै नन्दप्रसादले भने, 'खोइ के भनौं दैव लाग्यो नाइ, धामी देखाऊ देउता लाग्यो भन्छ । डाक्टर देखाऊ दुईचार गोली दिएर पठाउँछ । राम्रा डाक्टर पनि छैनन् । व्यथा बढेको बढ्यै छ ।'
'पीर नगर्नोस् हजुरबा, भोलि काठमाडौं गएर राम्रो डाक्टरलाई देखाऊँला', हजुरबालाई सान्त्वना दिँदै आदेशले भने।

नन्दप्रसादले भित्र पस्दै नातिलाई पनि भित्र बोलाए । आफूले मीठो चाम्रे पकाएर राखेकोले आदेशलाई उनले हात धुन अह्राए ।
आदेशले चाम्रेतिर हेर्दै भने, 'ला यस्तो चिल्लो चाम्रे रहेछ । आलु भुटेको पनि चिल्लैचिल्लो छ । यस्तो खाने कुरा म त कहिल्यै खान्नँ ।'
'नाति पनि, आज तिमी आउने भनेर कम चिल्लो गरेर पकाएको हो । म त अझै बढी चिल्लो खान्छु । खाऊ केही हुँदैन । हामी यस्तै खाएर हुर्केका हौं', नन्दप्रसादले भने ।
आदेशले सोचेझैं गरी भने, 'हजुरबुवा खुट्टा देखाउनोस् त । ला खुट्टा पनि सुन्निएको छ । घाँटीको दुवै नशा पनि चलेको छ । चुरोट र यस्तो चिल्लो खानेकुरा खानु छ । तपाईंलाई पक्कै मुटुको रोग लागेको होला । हाम्रो स्कुलमा मुटु बचाऊ अभियान लिएर सुमन्त बन्जाडे डाक्टर साप आउनुभएको थियो । उहाँले यस्तै लक्षण हुन्छ भन्नुभएको थियो ।'

नन्दप्रसादले मनमनै भने ,'जन्मँदै तीन पात भनेको यही हो । यत्रो फुच्चेले मलाई सिकाउँछ ।'
आदेशले कुरा बुझेभैंm गरी भने, 'सिकाएको होइन हजुरबा, म आइडिया मास्टरलाई बिरामी भएको कुरा पहिला नै भन्नुपर्छ नि ! म लिन आइहाल्थेँ । धादिङ त्यति टाढा पनि होइन । रोग पाल्नु हँदैन रे क्या ।'
'तिम्रो बाबुलाई भनेकै हुँ', नन्दप्रसादले जवाफ दिए ।
'ड्याडीलाई फुर्सद नै छैन । भोलि डाक्टरकहाँ गएपछि सबै कुरा थाहा हुन्छ । अनि तपाईंको रोग पनि फुमन्तर हुन्छ', आदेशले सम्झाए ।

आदेशका कुरालाई त्यति महत्व नदिँदै हजुरबाले भने, 'तिमीले चिल्लो र चुरोट सुरोटको कुरा गर्‍यौ । मलाई अहिलेसम्म खुट्टा टेकाउने घिउ नै हो । चुरोट साथी भयो । तिमी पूmलबाट भर्खर निस्केको चल्लोलाई के थाहा यस्ता कुरा ? '
आदेशले हाँस्दै फेरि भने, 'खुट्टा टेकाउने घिउ होइन । अनेक रोग लगाउने घिउ हो । बोसो धेरै भएपछि शरीरमा राम्रोसँग रगत बग्न पाउँदैन । अनि रोग लाग्दैन त ? चुरोट साथी होइन माथि आकाशमा पुर्‍याउने घाती हो क्या घाती । हजुरबा कुरै बुझ्नुहुन्न । म त ठूलो चल्ला भइसकेँ हजुरबा ! हजुरले स्कुल पढेको भए पो थाहा हुन्थ्यो ।'

'पढ्न त अलिअलि पढेकै हँ नि नाई, ऊ बेलाको पढाइको के कुरा गर्नु ? ककरा चिने कै ठूलो हुन्थ्यो । हामी चिल्लोचाप्लो मै डुबेर हुर्कियौं । कसैले नखानु भन्दैनथे', नन्दप्रसादले प्रस्ट्याए ।
हजुरबालाई सम्झाउँदै आदेशले भने, 'थाहा पाएपछि नखाए पनि हुन्छ नि ! ल आजलाई अलिअलि खाऊ । डाक्टर सापले भन्नुभएको रोगले बूढा बच्चा केही भन्दैन रे क्या हजुरबा ! ड्याडीममीलाई त म कति कुरा सिकाउँछु । उहाँहरू मैले भनेको सबै कुरा मान्नुहुन्छ । यस्तो रोग घरबारी सिध्याएर निको हुने होइन । डाक्टरलाई देखाएर निको हुन्छ, चिन्तै लिनु पर्दैन ।' नातिको कुराले नन्दप्रसाद खुसी भए । उनी धेरै हलचल गर्न नसक्ने अवस्थामा पुगेका थिए । उनलाई कहिले भोलि आउलाजस्तो भयो । भोलिपल्ट बिहान घरको सबै थान्को मान्को लगाएर काठमाडौं आए । आउँदाआउँदै आदेशले आफ्नो बाबुलाई सोधेर हजुरबालाई गंगालाल हस्पिटल पुर्‍ए । आदेशका बाबु आमा पनि त्यहीँ पुगे ।

आदेशका बाबुआमाले नन्दप्रसादलाई ढोगे । उनले हाँस्दै भने, 'यत्रो ठूला छोरो भएर काम लागेन नाति नै काम लाग्यो ।'
अमरले भने, 'हो बुवा यिनी त कमाल गर्छन् । जाऊँ पनि नाम लेखाइसकेको छ ।'
बिन्दुले भनिन्, 'आदेशले त हामीलाई पनि आदेश दिन्छन् । उनको आदेश पनि हामीलाई राम्रो लाग्छ ।'
छोराबुहारीको कुरा सुनेर नन्दप्रसादले पनि आफूलाई नातिको कुरा राम्रो लागेको बताए । 'हेरौं अब डाक्टरले के भन्ने हुन्', उनले मन बुझाए । आदेशले भने, 'मैले भनेकै कुरा भन्नुहुन्छ नि !'
नन्दप्रसादको जँचाउने पालो आयो । डाक्टरले सबै जाँचेपछि ईसीजी, टीएमटी आदि जाँच गर्न लगाए । जाँच गरेको रिपोर्ट देखाउँदा उनलाई मुटुको रोग नै लागेको रहेछ । आदेशले भनेबमोजिम नै डाक्टरले कुरा गर्दा नन्दप्रसाद तीनछक परे ।

केही दिन उनले औषधि खाए । धूमपान, मद्यपान, बोसोयुक्त खानेकुरा डाक्टरले भनेबमोजिम सबै छोडे । कालो सिमी, ओखर, बदाम, तोफु, सक्खरखण्ड, सुन्तला आदिको खानपान मिलाएर खाए । दिनहुँ नै व्यायाम गर्दा नन्दप्रसादलाई निको हुँदै गयो । नन्दप्रसाद हृष्ठपुष्ट भएपछि आदेशलाई साँच्चै देवताको अर्को रूप माने । आदेश पनि हजुरबुवालाई बचाउन सकेकोमा दंग भए । त्यसपछि आदेशलाई सबैले सानो डाक्टर भन्न थाले । हो सानो डाक्टर...।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1