MENU

एसईई उत्तीर्ण तीन जना विद्यार्थीलाई ६ लाख छात्रावृत्ति

635x90_1

अन्नपूर्ण आइतवार, असार ४, २०७४ 445 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : ग्लोकल आफ्टर स्कुल (ग्यास) सेन्टर–अल्फाबिटाको आयोजनामा भएको पब्लिक स्पिकिङ कार्यक्रमबाट एसईई उत्तीर्ण तीन जना विद्यार्थीले ६ लाखको छात्रवृत्ति पाएका छन् । कार्यक्रमको विजेता तीन जना विद्यार्थीले ओरिएन्ट कलेजमा जीसीई ए लेभल अध्ययन गर्नको लागि छात्रावृत्ति पाएका हुन् ।

छात्रावृत्ति पाउनेमा काठमाडौं विश्वविद्यालय स्कुलका अंगुस प्रसाईले प्रथम पुरस्कारस्वरूप तीन लाख बराबरको छात्रावृत्ति पाएका छन् । त्यस्तै दोस्रो भएर लिटिल बुद्ध उच्च माविका हिमान्सु जोशीले दुई लाख र तेस्रो भएका गौतम स्कुलका क्षितिज निरौलाले एक लाख रुपैयाँ बराबरको छात्रावृत्ति पाएका हुन् ।

१० जनाले सहभागिता जनाएको कार्यक्रमको अन्तिम चरणमा पाँच जना पुगेका थिए । उक्त पाँच जनाबाट उत्कृष्ट तीन छनोट गरी विजेता घोषित गरिएको आयोजकले जनाएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2