MENU

अर्घाखाँचीमा सिद्धार्थ बैंकको शाखा

635x90_1

अन्नपूर्ण सोमवार, असार ५, २०७४ 120 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले सन्धिखर्क–१, अर्घाखाँचीमा आफ्नो औं ३८ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा पोखरेलले बैंकले सामाजिक उत्तरदायित्वतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । शाखा उद्घाटनसँगै बैंकले एटीएम सेवासमेत शुभारम्भ गरेको छ । उक्त एटीएम सेवा उद्घाटन गर्दै बंैकका अध्यक्ष रामबहादुर भण्डारीले उक्त शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिने बताउनुभयो ।

उद्घाटनका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मि श्रले बैंकको शाखा कार्यालय विस्तारले ग्रामीणमुखी, आधुनिक एवं स्तरीय बैंकिङ सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउँदै गुणात्मक वृद्धि तथा वित्तीय पहुँच विस्तार हुने बताउनुभयो ।

शाखा उद्घाटन समारोहमा स्थानीय विकास अधिकारी प्रदीप पौडेल, उद्योग वाणिज्य संघ अर्घाखाँचीका महासचिव नेत्रप्रसाद भुषाललगायत स्थानीय उद्योगी व्यापारीको सहभागिता थियो । उक्त कार्यक्रम बैंकका उप–महाप्रबन्धक ध्रुवकुमार पौडेलले सञ्चालन गर्नुभएको थियो । जनता बैंक नेपालसँग एक्विजिसन हुने अन्तिम चरणमा रहेको सिद्धार्थ डेभलपमेन्ट बैंकको एक्विजिसनपश्चात नेपालभर एक सय १२ शाखाबाट बैकिङ सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2