MENU

भी-रोथोद्वारा नि:शुल्क आँखा शिविर

635x90_1

अन्नपूर्ण सोमवार, असार ५, २०७४ 254 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : भी-रोथोको आयोजनामा शनिबार नि:शुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम आयोजना भएको छ । प्रोफेसनल सपोर्ट सर्भिस नेपाल तथा असन कमलाछी टोल सुधार समितिको सहयोगमा जमल, कमलादी र असनमा उक्त कार्यक्रम भएको हो ।

रोथोले सय वर्षदेखि उत्पादन र मार्केटिङ गर्दै आएको आँखाको औषधि विगत ४० वर्षदेखि जापानमा पहिलो स्थानमा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रममा हजारभन्दा बढीले आँखा परीक्षण गराएका थिए ।

जसमध्ये ८० प्रतिशतमा आँखासम्बन्धी रोग देखिएको चिकित्सले जानकारी दिएका छन् । नेपाल आँखा अस्पतालकी प्रमुख डा. सबिना श्रेष्ठको नेतृत्वमा १० जनाले शिविरमा आँखा परीक्षण गरेको कम्पनीले जनाएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2