MENU

शिखर इन्सुरेन्सको शाखा संख्या ५१ पुग्यो

635x90_1

अन्नपूर्ण सोमवार, असार ५, २०७४ 322 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : नेपालको अग्रणी निर्जीवन बिमा कम्पनी शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले आफ्नो शाखा ५१ पुर्‍याएको छ । ग्रामीण क्षेत्रमासमेत बिमाको पहुँच पुर्‍याउने उद्देश्यले शिखर इन्सुरेन्सले मुगु, डोल्पा, कालीकोटमा नयाँ शाखा विस्तार गरेको छ ।

यसका साथै कम्पनीले सोलुखुम्बुको लुक्लामासमेत शाखा सञ्चालनमा ल्याउने तयारीमा रहेको जनाएको छ । शिखरले काठमाडौंको महाराजगन्ज, बनेपा, अर्घाखाँची, सुनोल, टाँडी, डडेल्धुरा, इलाम, पाल्पा, लेखनाथ, उदयपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

निर्जीवन बिमा कम्पनीमध्ये ५० भन्दा बढी शाखा विस्तार गर्ने एकमात्र कम्पनीको रूपमा शिखर इन्सुरेन्सले आउँदा दिनमा समेत थप शाखा विस्तार गरी नेपालको प्रत्येक जिल्लामा आफ्नो शाखा विस्तार गरी बिमाको पहुँच अभिवृद्धि गर्ने योजना रहेको जनाइएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2