MENU

“ब्यालेन्स नेल” अभ्यास थालनीका लागि अमेरिकाद्वारा क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्र हस्तान्तरण

635x90_1

अन्नपूर्ण सोमवार, असार ५, २०७४ 2758 पटक पढिएको

Share This

635-X-85

काठमाडौं: नेपालस्थित अमेरिकी मिसनले नेपाल सरकारसँगको सहकार्यमा आज क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्र (आरसीएमसी) हस्तातन्तरण समारोह आयोजना गरी काठमाडौँको छाउनी ब्यारेकमा “ब्यालेन्स नेल १७-३” नामक द्विपक्षीय विशेष अपरेशन तालिम अभ्यासको थालनी गरेको छ ।

अमेरिकाद्वारा आर्थिक सहयोग प्राप्‍त र काठमाडौँ उपत्यकाको केन्द्रमा निर्मित १८ लाख अमेरिकी डलर लागतको संरचना आरसीएमसीलाई अमेरिकी दूतावासअन्तर्गतको अफिस अफ डिफेन्स कोअपरेसन, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) तथा विश्‍व खाद्य कार्यक्रमको सहायोगमा विकसित गरिएको हो । नेपाल सरकार तथा अमेरिकी दूतावासको यस परियोजनाले नेपालको आपतकालीन प्रतिकार्य समन्वय क्षमतालाई प्रत्यक्ष रूपमा सघाउँदै राष्ट्रिय आपतकालीन कार्यसञ्‍चालन केन्द्रसँग सञ्‍चार सहजीकरण गर्नुका साथै मानवसिर्जित तथा प्राकृतिक प्रकोपको बेलामा प्रभावित व्यक्तिलाई सहयोग प्रदान गर्दछ । आरसीएमसी र वेयरहाउस राहत कार्य तथा खाद्यान्न वितरणका लागि सुरक्षित स्थान उपलब्ध गराउनका लागि मुलुकभर निर्माण हुँदै गरेको बृहत् पूर्वाधार सञ्‍जालका हिस्सा हुन् । युएस आर्मी कोर अफ इन्जिनियर्सको मुख्यालय तथा हिमालयन बिल्डर्सको सहायतामा परियोजना पूरा गरिएको हो ।

 

अमेरिकी सेनाको विषेश बल र नेपाल महावीर रेञ्‍जरबीचको द्विपक्षीय तालिम एक दशकभन्दा बढी समयदेखि चल्दै आइरहेको छ । “ब्यालेन्स नेल” अभ्यासको दौरानमा रेञ्‍जरहरू र अमेरिकी विषेश अपरेशन फोर्सलाई दुर्गम र हिमाली क्षेत्रमा आइपर्ने विपत्ति र त्यस्ता विपत्तिहरूमा पूर्वतयारी, न्यूनीकरण र मानवीय सहयोगका लागि तयार रहन संयुक्त रूपमा तालिम दिइन्छ । यस तालिमले स्वदेश तथा शान्तिस्थापनार्थ गएका देशहरूमा नेपाली सेनाको सरकारी निकाय, आमनागरिक र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूसँग समन्वय गरेर कार्य गर्ने क्षमताको विकास समेत गर्नेछ ।

विपद् पूर्वतयारी तथा सङ्कट प्रतिकार्यका क्षेत्रमा नेपाल सरकारका प्रयत्‍नहरूलाई सहयोग गर्न अमेरिकी मिसन प्रतिबद्ध छ । आरसीएमसीले नेपालको विपद् प्रतिकार्य क्षमताको प्रभावकारिता बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भने “ब्यालेन्स नेल १७-३” जस्ता अभ्यासहरूले सुरक्षा फौजको प्रतिकार्य क्षमतालाई मजबुत बनाउनेछन् । 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2