MENU

भारतीय कारको ठक्करले वृद्धाको मृत्यु, बस दुर्घटनामा १३ घाइते

635x90_1

मनोहरकुमार सोमवार, असार ५, २०७४ 2122 पटक पढिएको

Share This

635-X-85

राजविराज : भारतीय नम्बर प्लेटको कारको ठक्करले सप्तरीमा एक वृद्धाको मृत्यु भएको छ। विआर ३८ पि १९४८ नम्बरको कारको ठक्करबाट खडक नगरपालिका-४ अमाहाकी ६० वर्षीया डोमी खातुनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले राजमार्गबाट उत्तरतर्फ रहेको दिलसन मियाँको घर छेउमा रहेकी उनकी श्रीमती डोमीलाई राति आठ बजे ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सप्तऋषी अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार सो दुर्घटनामा कारमा सवार सप्तरीको राजबिराज नगरपालिका ३ बस्ने ३० बर्षीय राजेन्द्र मण्डल समेत घाइते भएका छन्। मण्डलको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

बस दुर्घटनामा १३ यात्री घाइते
त्यसैगरी प्तरीको राजविराज नगरपालिका ९ स्थित राजविराज-रुपनी सडक खण्डमा सोमबार बस दुर्घटना हुँदा १३ जना यात्री घाइते भएका छन्।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको को १ ख ४२२५ नम्बरको बस ओभर टेक गर्ने क्रममा बाटोको छेउमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना हुँदा बसमा सवार सप्तरी नेगडा ३ बस्ने ३५ बर्षीय फुलकुमार यादव, ५७ बर्षीय नथुनी यादव, नेगडा ९ बस्ने २५ बर्षीय देबेन्द्र मलिक, मौवाहा बेल्ही २ का ५२ बर्षीय सहदेव यादव, २५ बर्षीया किरण झा, ६५ बर्षीय हरीनारायण यादव, ३७ बर्षीय सुदिप कापडी, ३० बर्षीय मंगल कापर, १५ बर्षीय नितिशकुमार यादव, सुखीपुर ६ का ३५ बर्षीया शान्तीदेवी साह, बोदे बरसाइन १० का ६० बर्षीय जगरुप साह, बोदे बरसाइन ११ का ४० बर्र्षीय रामनारायण यादव र सुरुङ्गा नगरपालिका ५ का ७० बर्षीय उतिमलाल सोनार घाइते भएका छन्। घाइते सबैको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

बसलाई नियन्त्रणमा लिएपनि बसका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2