MENU

‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक

635x90_1

अन्नपूर्ण सोमवार, असार ५, २०७४ 6133 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर सोमबार राजधानीमा सार्वजनिक गरिएको छ। सन्तोष सेनको लगानीमा रामशरण पाठक निर्देशित यो चलचित्र साउन १३ गते रिलिज हुँदैछ। चलचित्रमा निर्माता सेनका साथै प्रदीप खड्का, अश्लेषा ठकुरी मुख्य भूमिकामा छन्।

प्रेम र यात्राका विभिन्न आरोह र अवरोहलाई समेट्दै युवायुवतीलाई केन्द्रमा राखेर बनाइएको चलचित्रमा रोमान्चक दृश्य देख्न सकिन्छ। ट्रेलरमा नेपालकामात्र नभएर थाइल्याण्डसम्मका दृश्यलाई समेटिएको छ।

टिजरमा नायक प्रदिप खड्का र निर्माता सेनको द्वन्द्वले धेरैलाई चलचित्र हलमा पुर्याउने अनुमान गर्न सकिन्छ। ट्रेलरमा नायक खड्काको मिहिनेत र पुरुषोत्तम प्रधानको सिनेमेटोग्राफीका सुन्दर पक्षलाई नजिकबाट नियाल्न सकिन्छ। पछिल्ला दिनमा युट्युबमा प्रेमगीत २ को गीतले चर्चा पाइरहेका बेला ट्रेलरले थप आकर्षण बढाएको छ। चलचित्रमा विशेष गरेर युवायुवतीका विषयलाई समेटिएको छ। 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2