MENU

भदौ २ मा आईसीटी अवार्ड

patan-college

अन्‍नपूर्ण बुधवार, असार २१, २०७४ 4563 पटक पढिएको

Share This

635-x-85

काठमाडौ: लिभिङ विद् आईसीटीले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्देश्यसहित दोस्रो संस्करणको ‘आईसीटी अवार्ड २०१७' आयोजना गर्ने भएको छ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लिभिङ विद् आईसीटीले उक्त जानकारी दिएको हो। अवार्ड घोषणा कार्यक्रम भदौ २ गते गरिने आयोजकले जनाएको छ। यस क्षेत्रका विज्ञको जुरी समूहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गरी अन्तिम विजेतालाई अवार्ड कार्यक्रममा विशेष सम्मान गरिनेछ।

यस वर्ष आईसीटी अवार्डमा विभिन्न पाँचवटा विधा समावेश गरिएको छ। यी विधाअन्तर्गत बेस्ट आईसीटी स्टार्टअप कम्पनी अवार्ड २०१७, बेस्ट इनोभेटिभ प्रोडक्ट आईसीटी अवार्ड २०१७, आईसीटी पायोनियर अवार्ड २०१७, आईसीटी स्कलर अवार्ड र बेस्ट नेपाली डायस्पोरा आईसीटी अवार्ड २०१७ छन्।

अवार्डमा सहभागी हुन आईसीटी अवार्ड नेपाल डट कम वेबसाइटमा लगइन गरी सम्बन्धित अवार्ड विधा (क्याटेगोरी) मा अनलाइन रजिस्ट्रेसन गर्न सकिने आयोजकले जनाएको छ। अनलाइन रजिस्ट्रेसनका लागि आयोजकले बुधबारदेखि नै खुला गरिएको जनाएको छ।

सहभागी हुन चाहने कम्पनी वा व्यक्तिले असार ३१ गतेसम्म अनलाइन रजिस्ट्रेसन फारम बुझाइसक्नु पर्ने आईसीटेक मिडियाका अध्यक्ष राजन लम्सालले जानकारी दिनुभयो। अवार्डमा तीन वर्षभित्रका नयाँ आईटी कम्पनीले भाग लिन सक्नेछन् भने इनोभेटिभ प्रोडक्ट अवार्डमा एक वर्षभित्र विकास गरिएका प्रोडक्टको आधारमा अवार्डमा सहभागी हुन सकिनेछ।

यसैगरी आईसीटी स्कलर अवार्डमा आईटी तथा इन्जिनियरिङका विद्यार्थीले बनाएका प्रोजेक्टको आधारमा सहभागी हुन सक्नेछन्। आईसीटी पायोनियर अवार्ड यस क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्तिलाई विशेष सम्मान हो।

यसैगरी आईसीटी डायस्पोरा अवार्डमा विदेशमा बसेर आईटीमा काम गरी नेपालको पहिचान दिन सक्ने कम्पनी वा व्यक्तिलाई दिइने अवार्ड भएको लम्सालले जानकारी दिनुभयो।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2