MENU

सिर्जनालाई पूर्वै प्यारो

635x90

लोकनाथ रिजाल शुक्रवार, असार ३०, २०७४ 3818 पटक पढिएको

Share This

अभिनय, मोडलिङ एवं स्टेज कार्यक्रम सिर्जना सुब्बा लिङ लेखुका रुचिका विषय हुन् । अहिले यी क्षेत्र उनको व्यवसाय अर्थात् पेसा बनेको छ । झापाको दमक निवासी २३ वर्षीया सिर्जना यिनै काममा हिजोआज व्यस्त छिन् । पूर्वका विभिन्न जिल्लामा हुने स्टेज कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । यस्ता कार्यक्रमका लागि पूर्वमा छोरी मान्छेको अभाव हुन्छ । त्यो अभावलाई उनले केही हदसम्म पूरा गरेकी छन् ।

सिर्जनालाई पूर्वमा हुने अधिकांश स्टेज कार्यक्रममा उद्घोषकका रूपमा देख्न थालिएको छ । पहिला घरपरिवारबाट छोरी मान्छे यसरी हिँड्नु हुन्न भन्ने दबाब आउँथ्यो तर अहिले त्यस्तो बन्देज छैन । यो उनको व्यवसाय बनेको छ । यसका लािग अहिले परिवारबाट पूर्णरूपमा सहयोग मिलेको छ उनलाई । 'हाम्रो समाजमा छोरी मान्छेलाई अघि बढ्न रोक्ने पहिलो बार घर परिवार नै हुन्छ । त्यसैले छोराभन्दा छोरी पनि कम छैनन् भन्ने कुरा आफैंले प्रमाणित गरेर देखाउनुपर्छ', उनी भन्छिन्, 'मेहनत, लगनशील र इमानदार भएर काममा लागेपछि घर परिवार, छरछिमेक सबैले सहयोग गर्न थाल्छ ।'

sirjana-ninglekhu2

सिर्जनासँग कार्यक्रम सञ्चालनको ज्ञान र अनुभवमात्र होइन् रेडियो, टेलिभिजन तथा रंगमञ्चको समेत अनुभव छ । कलाकारिता उनको मनपर्ने क्षेत्र हो । 'मलाई सानैदेखि कलाकार बन्ने ठूलो रहर थियो । त्यसका लागि मैले राजधानीमा अनुप बरालसँग दुई महिना थिएटर कोर्ससमेत गरेँ', सिर्जनाले भनिन, 'मैले नाटक कथादेश तिनमा समेत अभिनय गरेकी छु ।' काठमाडौंमा केही समय अभिनय सिकेर आएकी सिर्जना गाउँमा रहेका प्रतिभाहरूलाई अगाडि ल्याउने अभियानमा समेत जुटेकी छन् ।

अभिनय आफ्नो प्यासन ठान्ने सिर्जना दमकमा रहेको कदम थिएटरमा आबद्ध रहेर गाउँघरतिरका प्रतिभाको खोजीमा लागि रहेकी छन् । रंगमञ्चमा मात्र होइन उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियो तथा मौलिक संस्कृतिमा आधारित चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । तर उनलाई सांस्कृतिकभन्दा व्यावसायिक चलचित्रमा काम गर्ने रहर र धोको पनि छ । 'मैले केही सांस्कृतिक चलचित्रमा अभिनय गरेँ तर मेरो चाहना व्यावासायिक चलचित्रमा छ', उनले भनिन ।

मंगोलियन फेसका अभिनेता अभिनेत्री अभिनयमा जम्न सक्दैनन् भन्ने पुरानो मान्यता तोडिँदै गएकाले पनि काममा जोस र जागर बढेको उनको भनाइ छ । 'पछिल्लो समय ट्रेन्ड चेन्ज भएको छ । मंगोलियन फेसका अभिनेता अभिनेत्रीको क्रेज बढेको छ', सिर्जनाले भनिन्, 'अब जसले राम्रो अभिनय गर्न सक्छ उही यो क्षेत्रमा जम्न सक्छ ।' नायिका, मोडेलदेखि गायिकाहरूसमेत ग्ल्यामरस छवि बनाउन लागिपरेको देखिन्छ । उनी पनि यही पक्षमा छिन् । ग्ल्यामरसको अर्थ उनलाई आकर्षक देखिनु हो भन्ने लाग्छ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1