MENU

कमैया मुक्त घोषणाको १७ वर्ष: अझै १४ सय घरधुरी पुनर्स्थापन हुन बाँकी

635x90_1

गोपाल शर्मा सोमवार, साउन २, २०७४ 4593 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

दाङ : पश्चिम तराईका पाँच जिल्लामा पुस्तौदेखि मालिकको घरमा कमैया बस्दै आएका कमैयाहरुलाई २०५७ साल साउन २ गते सरकारले मुक्तिको घोषणा गर्‍यो ।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५ सय ९ घर मुक्त कमैयाहरु मुक्त घोषणा भए । जसको आज साउन २ गते १७ वर्ष पुगेको छ । चार तहमा विभाजन गरेर मुक्त घोषणा गरिएका कमैयाँहरु अहिलेसम्म पनि पुनस्र्थापन हुन सकेका छैनन । मुक्त घोषणा भएका एक हजार ३ सय ८४ घरधुरी अझै पुनस्र्थापन हुन सकेका छनैन् ।

२०५७ साल साउन २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले कमैयाको मुक्तिको घोषणा गर्नु भएको थियो । संयोगवस १७ वर्ष पछि पनि यो समयमा देउवा नै देशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँले मुक्त गरेका कमैयाहरु अहिले सम्ममा पनि पुनस्र्थापन हुन सकेका छैनन् ।

कमैया अभियानमा सक्रिय संस्था बेसका कार्यकारी निर्देशक कमैया मुक्तिका अभियन्ता चूर्ण बहादुर चौधरीले अहिले पनि १४ सय मुक्त कमैयाहरुले पुर्नस्थापन नहुँदा कष्टकर जीवनयापन भोगिरहेको बताउनुभयो । उहाँले राज्यले चार तहमा विभाजन गरि कमैयाको पहिचान गरेका र अहिले सम्म २६ हजार १ सय ८६ घर परिवारलाई मात्रै पुर्नस्थापन गरेको र अन्यलाई अहिलेसम्म पुनस्थापनमा नलगेको बताउनु भयो ।

‘मुक्त कमैया घोषणा हुदा ३२ हजार ५ सय ९ भएका हुन्, उहाँले भन्नुभयो, ‘त्यतिवेला २७ हजार ५ सय ७० लाई राज्यले पुर्नस्थापनको दायरामा ल्याएको थियो । जस मध्ये ‘१ हजार ३ सय ८४ जना अहिले सम्म पुनस्र्थापन हुन सकेका छैनन’, उहाँले भन्नु भयो,‘४ हजार नौ सय ९९ले मुक्त कमैयाको परिचय समेत पाएका छैन ।’

मुक्त कमैयालाई राज्यले तोकेको मापदण्ड सेवा सुविधा १३ सय ८४ले पाएकै छन । चौधरीका अनुसार ३२ हजार ५ सय ९ घरधुरी कमैयाहरुमा १५ हजार ५ सय ७०ले रातोकार्ड ,१२ हजारले निलो कार्ड पाएका थिए भने १ हजार आठ सय ६९ले पहेलो र ३ हजार ७० ले सेतो कार्ड पाएका थिए । रातो र निलो कार्ड पाएकाहरुलाई मात्रै राज्यले पुर्नस्थापन गर्ने भन्दै पुर्नस्थापन कार्य थालेको थियो ।

त्यस मध्यकै १३ सय ८४ १७ वषै सम्म पनि पुर्नस्थापन हुन सकेका छैनन् । पहेलो र सेतोलाई त राज्लेले हेरेकै छैन । पुर्नरस्थापना गर्दे राज्यले ५ कठ्ठा जमिन, घर निर्माणको लागि रकम र काठ लगायतको सुविधि दिएको थियो ।

१७ वर्ष सम्ममा पनि राज्यबाट पुर्नस्थापन नहुदा मालिकको घरबाट मुक्त भए पछि दैनिक जिउन समेत समस्या हुदै आएको मुक्त कमैया चेतमान चौधरीले बताउनु भयो । उहाँले १७ वर्ष मुक्त भएको भए पनि राज्यले वास्था नगरेको भन्दै दुखेसो समेत पोख्नु भयो । मुक्त कमैयाहरुले आफुहरुलाई मुक्त घोषणा गर्ने प्रमुख मान्छे अहिले पनि सरकारको प्रमुख भएकाले अब छिट्टै पुर्नस्थापन हुने आशा जागेको उहाँले बताउने गरेका छन् ।

जस्ले घोषाण गर्याे‍, उहाँ नै फेरी राज्य सञ्चालनमा पुग्नु भएको छ कैलालीका चेतराम थारुले भन्नुभयो, नरकबाट फर्काउने नेताले अब पनि सोच्नु हुन्छ भन्ने ठानेका छौँ । अहिले पनि पुर्नस्थापन भएका मुक्त कमैया बस्तीमा शिक्षा, रोजगारको समस्या भएको र मुक्त भएर पुर्नस्थापन भएकाहरु मध्य १५ प्रतिशतको जीवन दयनीय रहेको बेसका कार्यकारी निर्देशक चूर्ण बहादुर चौधरीले जानकारी दिनु भयो ।

उहाले खोलाको र वगरको क्षेत्रमा जग्गा पाएकाहरुको अवस्था त्यस्तो रहेका वताउनु भयो । उहाँले केहि मुक्तकमैया राजनीतिक नेतृत्वमा समेत पुगेको जानकारी दिनु भयो । मुक्त कमैया मध्येका ४० जना बढी राजनीतिको विभिन्न तहको नेतृत्वमा रहेको बताउनु भयो । नेतृत्वमा पुगेकाहरुले पनि यो विषयमा चासो नदिदा सामान्य रुपमा जिवनयापन गरिरहेका मुक्त कमैयाहरु पीडामा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1