MENU

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी

635x90

अन्नपूर्ण सोमवार, साउन २, २०७४ 154 पटक पढिएको

Share This

काठमाडौं : कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को रूपमा सुरेन्द्र भण्डारी नियुक्त हुनुभएको छ । उहाँले आइतबारबाट आफ्नो पदभार ग्रहण गर्नुभएको हो । गत जेठ महिनामै कुमारी बैंक लिमिटेडको सञ्चालक समितिले आगामी चार वर्षका लागि उहाँलाई बैंकको सिईओमा नियुक्त गरेको थियो । नेपाली बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतका रूपमा लामो समयदेखि कार्र्यरत सफल बैंकरका रूपमा परिचित भण्डारीलाई कुमारी बैंकले आफ्नो स्थापनाकालमा पनि सिईओको जिम्मेवारी दिएको थियो । उहाँको लामो बैंकिङ क्षेत्रको अनुभव एवं विज्ञताले कुमारी बैंकलाई थप उचाइमा पुर्‍याउने विश्वास बैंकले लिइएको छ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1