MENU

म्याक लुब्रिकेन्ट डिलर मिट कार्यक्रम

635x90_1

अन्नपूर्ण सोमवार, साउन २, २०७४ 146 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

काठमाडौं : म्याक लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक लुब्रिकेन्ट डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो उत्पादनबारे सम्पूर्ण जानकारी दिने र आर्थिक वर्ष ०१६/१७ को गतिविधिसम्बन्धी जानकारी दिने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रम इन्डोनेसियाको बाली, स्थित रमायाना रिसोर्टमा आयोजना भएको थियो । आयोजकका अनुसार उक्त कार्यक्रममा नेपालका विभिन्न स्थानबाट डिलर, सिप्रदी ट्रेडिङ प्रालिका विशिष्ट पदाधिकारीलगायत कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफ्नो मन्तव्यमा आगामी वर्षमा कसरी दिगो भई अझ सफलता धई अघि बढ्ने भन्नेबारे जानकारी गराउनुभएको थियो । यसैगरी, कम्पनीका नायब महाप्रबन्धक रोशनकुमार श्रेष्ठले कम्पनीको पछिल्लो समयको गतिविधिलाई प्रस्ट पार्नुभएको थियो भने कम्पनीको भावी योजना र तयारीबारे समेत जानकारी दिनुभएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1