MENU

बाढीको उच्च जोखिममा सदरमुकाम दुनै

635x90_1

अन्नपूर्ण सोमवार, साउन २, २०७४ 5727 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

डोल्पा (दुनै): प्रत्येक बर्ष बर्षायामको सुरु भएसँगै डोल्पा सदरमुकाम दुनै बजार बाढीको उच्च जोखिममा पर्दै आएको छ।

दुनै बजारको छेउमै रहेको भेरी नदीमा आजभोलि दैनिक झण्डै साढे एक लाख क्युबिक फिटभन्दा धेरै पानीको बहाव बढ्ने गरेपछि दुनै बजार बाढीको उच्च जोखिम देखिएको हो। समुद्री सतहबाट दुई हजार ८५ मिटर उचाइमा रहेको दुनै बर्षेनी बर्षाको समयमा उच्च जोखिममा रहने गरे तापनि दिगो हिसाबमा जोखिम न्यूनीकरणका लागि ध्यान जान सकेको छैन्।

सुख्खा भू-भाग रहेको दुनैमा पानी कम पर्ने गरे तापनि उच्च हिमाली भू-भागबाट हिँउ पग्लेर पानी धेरै आउने भएको कारण बर्षायाममा दिनहुँ भेरी नदीको बहाव उच्च हुने गरेको स्थानीबासी योगेन्द्र बुढाले बताउनुभयो। दुई हजार ७०० जनसंख्या रहेको सदरमुकाम दुनैका बासिन्दा बर्षायामसँगै बाढीले बगाउने डरले चैनको निन्द्रा नपर्ने गरेको बुढाको भनाइ छ।

दैनिक भेरी नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीयबासी बारम्बार त्रसित हुने गरेका छन् । चारैतिर उच्च पहाड र सुख्खा पाखा भएका कारण ती नांगा पाखाबाट अत्यधिक पानी परेको अवस्थामा बाढीपहिरोको जोखिम उच्च भएकाले स्थानीयहरु झ्न त्रसित बनेका हुन्।
दुनैका स्थानीयवासीले जोखिमको बेवास्ता गर्दै हिँउदमा भेरी नदीको छेउबाटै तटबन्धन गरेर भए पनि घर बनाउने कार्य जारी राखेका छन्।

बर्षातको समयमा पानीको मात्रा बढेसँगै नदी किनारामा जग भएका झण्डै ७० घर बाढीको उच्च जोखिममा रहेको सरोकारवाला बताउँछन्। किनारमा भएका घर जोखिममा भएकाले त्यसरी जोखिम मोलेर बसोबास नगर्न प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले स्थानीयलाई आग्रह गर्नुभयो ।

सदरमुकामको पूरै बस्ती जोखिममा भएपछि संरक्षणको लागि भन्दै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डोल्पाले विभिन्न ठाउँमा भेरी नदीको किनारामा तटबन्द गर्ने काम गरेको छ ।

“दुनै बजारको जोखिम न्यूनीकरण गर्ने भन्दै अहिलेसम्म करोडौँ रकम खर्च भइसकेको छ, तर पनि त्यहाँको जोखिम जस्ताको तस्तै छ, उचित अनुगमनको अभाव तथा अपनत्वको भावना नहुँदा सरकारी रकम बालुवामा पानी खन्याए जस्तै भएको छ” जनसरोकारका विषयमा काम गर्दै आएको संस्था ‘मिसन नेपाल’ डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले भन्नुभयो । रासस

प्रतिकृया दिनुहोस

Annapurna635x90_1