MENU

विद्युत प्राधिकरणको लापरवाहीले उदयपुर सिमेण्ट उद्योगलाई १० करोड घाटा

635x90_1

भरत खड्का सोमवार, साउन २, २०७४ 10983 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

जलजले (गाईघाट): विद्युत प्राधिकरणको लापरवाहीका कारण एसियाकै ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योगले १० करोड घाटा व्यहोर्नु परेको छ। झण्डै १५ बर्षको अन्तरालपछि यो बर्ष नाफामा चलेको उद्योग पछिल्लो तीन महिना विद्युत आपुर्तिमा समस्या हुँदा १० करोड घाटामा गएको हो।

आपूर्ति समस्या हुँदा १० करोड घाटा व्यहोरे पनि उद्योग भने पूरै घाटामा नरहेको महाप्रबन्धक सुरेन्द्र पौडेलले स्पष्ट पार्नुभयो। उहाँले भन्‍नुभयो, 'त्यो घाटा कटाएर पनि अहिले उद्योगमा ८ करोड रुपिँया मौजाद छ।'

प्राधिकरणले उद्योगलाई २४ घण्टा बिद्युत आपुर्ति उपलब्ध गराउने आश्वसन दिएपनि सरदर दैनिक २० घण्टाभन्दा बढी उपलब्ध गराउन नसकेको उद्योगका नायम महाप्रबन्धक नवलकिशोर साहले बताउनुभयो।

‘२ बर्ष यता कुनै दिन पनि २४ घण्टा विद्युत आपुर्ति हुन सकेको छैन्,’ उहाँले भन्नुभयो, ‘लोडसेडिङ बाहेक विद्युत आपूर्ति भैरहेको बेला प्रत्येक २ घण्टाको अन्तरालमा छिन छिनमा लाईन जान्छ, यसरी जाने लाईन दैनिक ४ घण्टा बढि हुन आउँछ।'

पटकपटक विद्युत काटिने समस्याले सिमेन्ट उत्पादन प्रभावित हुनुकोसाथै ठूला मेसिनहरुमा समस्या आउने गरेको उद्योगका नायव महाप्रबन्धक तथा मर्मत तथा आपूर्ति महाशाखाका प्रमुख महेशप्रसाद काफ्लेले बताउनुभयो।

उहाँले पिकआवरमा चलाउने भन्दै २४ घण्टा विद्युत उपलब्ध गराउने शर्तमा उद्योगले सामान्य ग्राहकभन्दा दोब्बर महशुल बुझाउने गरेको बताउनुभयो । बेलुकी ५ बजेदेखि विहान ६ बजेको समयलाई पिक आवर मान्ने गरिएको छ।

यस्ता ग्राहकसँग प्राधिकरणले डेलिकेटेड फिडर भन्दै प्रति युनिट १७.५० पैसा लिने गर्दछ। उद्योगले प्राधिकरणलाई मासिक ३ करोड २० लाख रुपिँया महशुल मात्र बुझाउँछ । तर पनि विद्युत नियमित आउन सकेको छैन् महाप्रबन्धक पौडे्लले भन्नुभयो।

'लाईन २४ घण्टा आउने हो भने दैनिक १६ हजार बोर उत्पादन गर्ने उद्योगको क्षमता छ,' महाप्रबन्धक पौडेलले भन्नुभयो, ‘अहिले २० घण्टाको सेरोफेरोमा लाईन आउँदा ८ देखि १० हजार बोरो उत्पादन हुने गर्दछ ।' लाईनकैकारण उद्योग सरदर महिनामा २५ देखि बढिमा २७ दिनसम्म चल्ने गरेको उहाँको भनाई छ।

वि.स.२०४४ सालमा स्थापित उद्योग संचालनको केही वर्ष राम्ररी संचालनमा आएको भएपनि त्यस पछि भने विभिन्न कारणले प्रभाबकारी ढंगले चल्न सकेको छैन। मुलुकमा लोडसेडिङ सुरु भएपछि त्यसको मार उदयपुर सिमेन्टले खेप्दै आएको थियो।

उद्योग स्थापनाहुँदा चौविसै घण्टा विद्युत आपूर्ति गरिने विद्युत प्राधिकरणसँग संझौता भएको उद्योग प्रशासनको भनाई छ। तर प्राधिकरणले संझौता विपरीत अरु बेला पनि विद्युत काट्ने गरेको प्रशासनको दावि छ।

विद्युत आपूर्तिमा देखिएको समस्याको बारे विद्युत प्राधिकरणको उच्च तहमासमेत पटकपटक कुरा भएको तर समस्या समाधान नभएको महाप्रबन्धक पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो, 'माथिल्लो निकायसँग कुरा हुँदा हुन्छ भन्ने आश्वसन आउँछ तर काम भएको छैन्।'

यसबिषयमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसँग टेलिफोनमार्फत सम्पर्कगर्दा ४ घण्टासम्म लाईन काटिने समस्या नरहेको बताउनुभयो।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1