MENU

पाँच करोडको लागतमा अतिथि गृह निर्माण गर्दै रौनियार सेवा समिति

635x90

अन्‍नपूर्ण सोमवार, साउन २, २०७४ 5825 पटक पढिएको

Share This

काठमाडौं: रौनियार सेवा समिति नेपालले पाँच करोडको लागतमा अतिथि गृह निर्माण गर्ने भएको छ। अतिथिहरूको सत्कारको लागि निर्माण गर्न लागिएको उक्त भवन अबको एक वर्षभित्र भवन निर्माण गरिसक्ने समितिका महासचिव हरि ओमकुमार रौनियारले जानकारी दिनुभयो।

रौनियार सेवा समितिले शनिबार राजाधानीमा आयोजना गरेको कार्यालय शुुभारम्भ कार्यक्रममा महासचिवले यस्तो जानकारी दिनु भएको हो।
रौनियार परिवारभित्र रहेका गरिब तथा आयस्तरकम भएकालाई सहयोग गर्ने उद्देश्य सहित भवन अतिथि भवन निर्माण गर्न लागेको समितिका अध्यक्ष भैरवलाल रौनियारले बताउनुभयो।

'अबको तीन महिनामा एक करोड रुपैयाँको जग्गा किनेर वर्षदिनभित्र भवन निर्माण गर्ने हाम्रो योजना छ,' उहाँले भन्नुभयो 'भवन निर्माण पश्चात यहाँ अवस्थित र देश विदेशबाट नेपाल घुम्न आएका रौनियारहरूलाई अन्य अतिथि गृह खोज्न झझण्ट हुँदैन।'

रौनियार समितिभित्र शतप्रतिशत व्यापारीहरू रहेका छन्। उक्त व्यापारीमध्ये ७५ प्रतिशतभन्दा आयात निर्यातको व्यवासाय गर्ने गरेका छन्।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1