MENU

साउन महिनामा युवतीको मेहन्दी मोह (फोटो/भिडियो)

635x90

अन्‍नपूर्ण सोमवार, साउन २, २०७४ 8253 पटक पढिएको

Share This

काठमाडौं: साउन महिनामा हातभरी मेहेन्दी, हरियो चुरा, गलामा पहेंलो पोते महिलाहरुको सुहाउँदो पहिरन हो। वर्षमा एक पटक आउने साउन महिनालाई विशेष रुपमा वर्त बसेर मनाउने गरिन्छ। 

साउनको पहिलो सोमबार महिला दिदीबहिनीहरु हरियो पहिरन लगाएर देशभरका शिवालयमा गएर शिवको पूजा अर्चना गरेका छन्।

पशुपतिनाथमा विहानैदेखि भक्तजनको भीड लागेको छ भने राजधानीको सडकमा युवतीहरुले पालो पर्खेर हातमा मेहेन्दी लगाइरहेका छन्।

हरियो पहिरनसँगै उनीहरुले मेहेन्दीलाई विशेष आकर्षणको रुपमा लिने गरेका छन्। यो सँगै राजधानीका सडक पेटी छेउछाउमा मेहेन्दीको व्यापार फस्टाएको छ।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1