MENU

औतारी लामा रिम्पोछेको निधन (फोटो फिचर)

635x90_1

शिव उप्रेती सोमवार, साउन २, २०७४ 48383 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

स्वयम्भुमा निधनपछि हेलिकोप्टरमा शव गोरखा लगियो

गोरखा : गोरखाको सामागाउँ घर भई हाल काठमाडौंको स्वयम्भू हलचोक टेरगार गुम्बाका औतारी लामा टासी दोर्जे रिम्पोछेको निधन भएको छ ।

केही दिनअघि निधन भएका १०० बर्षका रिम्पोछेको पार्थिव शरीर अन्तिम संस्कारका लागि हेलिकोप्टरमार्फत सोमबार सामागाउँ पुरयाइएको स्थानीय कर्मा छेवाङ लामाले जानकारी दिनुभयो ।

उहाँको शव सामागाउँको कार्ची छ्योलिङ गुम्बामा राखिएको छ । उहाँको मंगलबार लामा धर्मसंस्कार अनुसार दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।


उहाँको अन्तिम संस्कारमा सहभागी हुन काठमाडौंको तेरगार गुम्बा, सेतो गुम्बा, रिपुम गुम्बा, सेराङ गुम्बाबाट रिम्पोछे, खेम्पो, प्रमुख लामा गुरुहरु भेला भइसकेका छन् ।


६५ बर्षसम्म सामागाउँको कार्ची छ्योलिङ गुम्बाको प्रमुख लामाको रुपमा काम गर्नुभएका रिम्पोछे बिगत ४० बर्षदेखि टेरगार गुम्बामा रहदै आउनु भएको थियो । उहाँको अन्तिम संस्कारमा सहभागी हुन हिमाल पारिका साबिकका सामागाउँ, ल्हो, प्रोक, बिहीदेखिका स्थानीयबासी पनि सामागाउँ पुगेका उहाँले बताउनु भयो ।


रिम्पोछेको एक छोरी र दुई नातिहरु छन् । छोरी सोनाम छेटेन लामा हुन् भने नातिद्वय औतारी लामा गुरु योङ्गे मिङ्ग्यूर रिम्पोछे र औतारी लामा गुरु छ्योङे रिम्पोछे हुन् । दुवै रिम्पोछेहरु तेरगार गुम्बाका प्रमुख लामाहरु हुन् ।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1