MENU

काठको पुल भाँचिएर खोलामा खस्दा युवकको मृत्यु

635x90_1

राजेन्द्र कार्की सोमवार, साउन २, २०७४ 3878 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

जाजरकोटः खोला तर्ने क्रममा काठको पुल भाँचिएर जाजरकोटमा खोलाले बगाउँदा एक युवकको ज्यान गएको छ।

त्रिवेणी नलगाड नगरपालिका ३ का ४० बर्षीय होमबहादुर परियारको साँघु भाचिएर साङ्टा खोलामा खस्दा ज्यान गएको प्रहरीले जनाएको छ। प्राथमिक उपचार केन्द्र कैनाबाट श्रीमतिको उपचार गरेर फर्कने क्रममा खोला तर्न खोज्दा उहाँको ज्यान गएको हो।

काठको कुहिन थालेको स्याँकु (लाप्को) भाँचिदा खोलामा खसेका होमबहादुरको स्थानिय उद्धार गरेपनि बचाउन नसकेको स्थानिय ईन्द्र वहादुर वलीले जानकारी दिनुभयो।

सो ठाँउमा केही बर्ष पहिले झोलुङ्ग पुल भएपनि दुई बर्ष अगाडी खोलामा आएको बाढीले बगाउँदा अस्थायी काठको लाप्को (स्याकु) राखेर वारपार गर्ने गरिएको थियो।जिल्लामा यस्ता जोखिमपुर्ण स्याँकु दर्जन बढी रहेका छन्।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1