MENU

सरकारी सेवामा आरक्षण माग्दै डोम समुदायको भेला

635x90_1

मनोहरकुमार पोखरेल सोमवार, साउन २, २०७४ 3563 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

राजविराज: सरकारी सेवामा आरक्षणको माग गर्दै दलित समुदायमा सबैभन्दा पछाडि परेका डोम समुदायले राजविराजमा सोमबार जिल्ला भेला गरेको छ।

संविधानमा व्यवस्था भएको दलितको हक, सामाजिक न्यायको हक र छुवाछुत विरुद्धको हकअन्तर्गत ११ वुँदे घोषणा पत्र जारी गर्दै डोम उत्थान समाज सप्तरीले जिल्ला भेला सम्पन्न गरेको हो।

डोम उत्थान समाज सप्तरी र दलित जनकल्याण युवा क्लव लहानको संयुक्त आयोजनामा ‘जाति छोडौं, मानवता जोडौं’ भन्ने नाराका साथ गरिएको भेलामा जिल्लाभरीका डोम समुदायका अगुवाहरुको सहभागिता थियो।

भेलाले जातीय छुवाछुत, विभेदका घटनामा पीडक विरुद्ध तुरुन्त मुद्दा दर्ता गर्नु पर्ने, डोम समुदाय वसोवास गर्ने क्षेत्रमा सार्वजनिक शौचालयको व्यवस्था गर्नुपर्ने, डोम समुदायका विद्यार्थीलाई शिक्षा हासिल गर्ने क्रममा डेरा नपाउने समस्या समाधान गर्नुपर्नेलगायतका माग अघि सारेको छ।

डोम उत्थान समाज सप्तरीका अध्यक्ष युक्ति मरिकको अध्यक्षतामा आयोजित भेलामा जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत सुरज निरौला, प्रहरी नायव उपरिक्षक यादवराज उप्रेती, दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेशकुमार विशुंखेले डोम समुदायको उत्थान र सशक्तिकरणका लागि गर्नुपर्ने कामका बारे आ-आफनो सुझाव दिएका थिए।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1