MENU

खेलाैना खुुसी

635x90_1

गोपीकृष्ण ढुंगाना आइतवार, साउन ८, २०७४ 1686 पटक पढिएको

Share This

635-X-85

भाइबहिनी हो, तिमीहरू पक्कै पनि खेल्नमा रमाउँछौ होला । खेल्नु भनेको स्वास्थ्यका लागि पनि लाभदायक कुरो हो । खेल पनि विभिन्न किसिमका हुन्छन् । शारीरिक श्रम हुने खेलले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । तर सधैं त्यो सम्भव हुँदैन र कहिलेकाहीँ खेलौना पनि खेलाउन मन लाग्छ । तर होसियार यसरी बजारबाट किनेर ल्याउने खेलौना प्रयोगमा स्वास्थ्यलाई हानि पुग्ने रसायन मिसिएका हुन्छन् । त्यो यथार्थ हामी सबैले बुझ्नु जरुरी छ ।

विगतका वर्षहरूमा तिमीहरूले घातक रसायनहरू र धातुहरूका कारण नबुझेर स्वास्थ्यमा सम्झौता गरेका थियौं । तर अब सरकारले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुग्ने यस्ता खेलौनामा घातक रसायन प्रयोग नगर्न सरोकारवालालाई निर्देशन दिएको छ । ‘सरकारले खेलौनाका लागि १२ वटा घातक रसायन तथा गरुंगो धातुहरूको तोकिएका अधिकतम सीमाभन्दा बढी मात्रामा पाइएमा नेपालभित्र उक्त खेलौनाहरूको उत्पादन आयात, भण्डारण, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ', जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साह भन्नुहुन्छ, ‘खेलौनाको बोधगम्य परिभाषा गर्नुका साथै खेलौनाहरूमा रसायनको मात्रा परीक्षण गर्ने प्रविधि, विधिसँगै आयात गर्दा सम्बन्धित मुलुकको सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट प्रत्येक ब्याच परीक्षण गरी प्रयोगशालाबाट जारी प्रमाणपत्र पेस गर्नुपर्छ ।'

यही मापदण्डभित्र भएमा मात्र आयात गर्न पाइने व्यवस्था गरिएको र यसबाट अब भने केही ढुक्क हुने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । भाइबहिनी हो, नियम बन्नु, मापदण्ड लागू गर्नु र कार्यान्वयन हुनु फरक विषय हुन् । यदि हामी सबैले यो मापदण्ड लागू भए नभएको अनुगमन गरेनौं भने अझै पनि त्यस्ता खेलौना प्रयोग स्वतन्त्र रूपमा गर्न पाउने छैनौं । हुन त स्वदेशी उत्पादकको हकमा उत्पादकले प्रत्येक ब्याच पिच्छे खेलौनाहरूको नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट परीक्षण गराई मापदण्डअनुसार भएमा मात्र बिक्रीवितरण गर्न पाइने व्यवस्था गरेको छ ।

बाध्यकारी मापदण्डअनुसारका खेलौनाहरू आयात, उत्पादन, भण्डारण र बिक्रीवितरण र प्रयोग गरी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न गराउन सबै सम्बन्धित सरकारी निकाय, उद्योगी तथा व्यवसायीहरूसँग जोडदार माग गर्नु हाम्रो दायित्व पनि हो । बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा नै असर पार्ने करिब एक दर्जन विषाक्त रसायनहरू मापदण्डमा समावेश गरेर बालबालिकाको सुरक्षित खेल्न पाउने अधिकार सुनिश्चित हुनु भनेको लाखौं बालबालिकाका र अभिभावकका लागि पनि खुसीको खबर हो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2